::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

तस्करले बाघ नमारोस्,बाघले मान्छे नमारोस्

यो पटकको बाघ दिवस साउन १४ गतेका दिन चितवन, काठमाडौँ र बर्दियामा विशेष कार्यक्रम भए । गएको माघदेखि जेठसम्म भएको बाघ गणनाको नतिजा सो कार्यक्रममा सार्वजनिक गरियो । तराई क्षेत्रको रौतहटदेखि कञ्चनपुरसम्मका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, जैविक मार्ग, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रहरुमा भएको गणनाले कतै बाघको संख्यामा केही सुधार भएको, कतै केही घटेको, कतै ह्वात्तै बढेको देखायो । समग्रमा देशभर बाघको संख्या बढेको पाइयो । चार वर्षअघि...

सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी

गैडाकोटमा सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी मिसिएको पाइएको छ । गैडाकोट ४ र ८ को बीच भाग त्रिशक्ति मार्ग कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा ५० प्रतिशत पानीको मात्रा भएको भेटिएको हो । त्रिशक्ति नगर टोल सुधार समितीका सचिब बेधनिध पौडेलले अहिलेसम्म २०० लिटरको ५ वटा ड्ममा रहेको मट्टितेलमा पानी रहेको भेटिएको बताउनुभयो । अर्का स्थानियबासी गणेश अधिकारीले भन्नुभयो सडक कालोपत्रे गर्दा मट्टितेलमा अलकत्रा घोल्नुपर्ने हुन्छ, यसमा पानीको...

रेडियो वालिङ्लाई १५ हजार अमेरिकी डलर

“सन्तुलित पर्यावरण, स्वच्छ वातावरण, जैविक कृषि हाम्रो चाहना” भन्ने मूल नाराका साथ प्रसारण सुरु गरेको एजीको नेपाल रेडियो वालिङलाई युनेस्कोले १५ हजार अमेरिकि डलर उपलब्ध गराउने भएको छ । हिजो एजीको नेपाल रेडियो वालिङ्का अध्यक्ष जलेश्वर पाण्डे र युनेस्कोका प्रतिनिधिहरुबिच भएको अन्तत्र्रिmयापछि रेडियोको क्षमता अभिवृद्धि तथा संचालनका लागि प्रत्येक वर्षदिने सहयोग यस वर्ष रेडियो वालिङलाई दिने भएको हो । युनेस्कोले १५ हजार अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा...

रेडियो कर्णाली दशौं वर्षमा

ग्रामिण सामुदायिक रेडियो कर्णाली एफएम आजदेखि नौ वर्ष पुरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । कर्णालीको विकासमा लागि सञ्चार माध्यमको भूमिकालाई मध्येनजर गर्दै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाकले २०६१ साल असार ३ गते रेडियोको स्थापना गरेको हो । रेडियो कर्णालीले यस वर्षलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने भएको छ । नवौं वार्षिकोत्सवको अवसरमा रेडियोले आउँदो असारसम्मलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा...

किसानहरु कृत्रिम गर्भाधानतर्फ

सल्यानमा पशुपालक कृषकहरु कृत्रिम गर्भाधानतिर आर्कषित हुदै गएका छन् । जिल्ला पशु सेवा कार्यालयले बाहिरबाट उन्नत राँगा र बहरको विर्य ल्याई कृत्रिम गर्भाधान गराउने व्यवस्था मिलाएपछि आज भोली कृषकहरु कृत्रिम गर्भाधान तिर आर्कषित भएका हुृन् । गत वर्षदेखि कृत्रिम गर्भाधान कार्यक्रम स्थानीयरुपमा गाउँगाउँमा पुगेपछि किसानहरु कृत्रिम गर्भाधानप्रति विश्वस्त हुन थालेका हन् । गतवर्ष २ सय ५० पशुलाई कृत्रिम गर्भाधान गराईएको सल्यानमा यसवर्ष ३ सय पशुहरुमा कृत्रिम...

लिचीको उत्पादन घट्यो

हिउदे वर्षा र असिना पानीले क्षति पु¥याउदा“ यसवर्ष नुवाकोट जिल्लामा  लिचिको उत्पादनमा गिरावट आएको छ । उपोष्ण प्रदेशीय बागबानी विकास केन्द्र त्रिशुली तथा जिल्लाकोे विभिन्न स्थानमा लगाइएको लिचिको उत्पादनमा ३० प्रतिशत घटेको छ । फलको आकारमा वृद्धि तथा गुणस्तरीय दाना भएपनि लगातार परेको हिउदे वर्षाले फुल र चिचिला झारेकाले यसवर्ष लिचिको उत्पादनमा गिरावट आएको बागबानी विकास केन्द्रले जनाएको छ । राष्ट्रिय अनुसन्धान तथा परीक्षण केन्द्र वागवनी त्रिशुलीको...

दलित समुदायको पहुच न्यून

घाँस दाउराका लागि सामुदायिक वन, जलका लागि पानीका मुहान र जमिनमा दलितको उचित पुहँच पुग्न नसेकेको दलित समुदायले गुनासो गरेका छन् ।  सथानीय श्रोत साधन जल, जंगल र जमिनबाट दलितहरु सधै बञ्चितिकरणमा परेको बैतडीको दुर्गम च्वाँगढ क्षेत्रको गाँजरी गाविसका दलित हिरा विश्वकर्माले बताउनुभयो । सामुदायिक वनहरुमा समेत दलित समुदायका व्यक्तिले घाँसका लागि समस्या भोग्नु परेको विशवकर्माले बताउनुभयो ।  सामुदायिक वनको कुल आम्दानीको ३५ प्रतिशत रकम दलित समुदायको...

फोहोरले नुवाकोटमा रोगको प्रकोप फैलियो

अव्यवस्थित रुपमा फ्याक्दै आएको फोहोरले नुवाकोटमा रोगको प्रकोप फैलिएको छ । काठमाडौ महानगरपालिका र ललितपुर उप–महानगरपालिकाको फोहोर फ्याकिदै आएको नुवाकोटको डपिङ साइट अन्तरगत ओखरपौवा गाँउ विकास समितिको वडा नम्बर ४ को तल्लो सिउडिनीमा  रोगको प्रकोप फैलिएको छ । शनिबारदेखि फैलिएको रोगको प्रकोपले तल्लो सिउडिनी क्षेत्रका नागरिकहरुमा महामारी फैलिएर काठमाडौको विभिन्न अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । महामारी फैलनुमा महानगरपालिकाले अव्यवस्थित रुपमा...

काभ्रेका गाविसले सर्त पालना गर्न सकेनन्

आर्थिक वर्ष २०६८/०६९ मा काभ्रेका ९ वटा गाविसले न्यूनतम सर्त पालना गर्न नसकेको पाइएको छ । चालु आर्थिक वर्ष २०६९/७० मा गरेको मूल्याङ्कनमा जिल्लाको ८७ गाविसमध्ये अनैकोट, वाल्टिङ, कापुर कालापानी, माझीफेदा, सानोबाङथली, शिखर आम्बोटे, डाँडागाउँ, उग्रतारा जनागल र बेगसिम्ले गाविसले शर्त पालना गर्न नसकेको जिल्ला विकास समिति काभ्रेका योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।  लक्षित वर्ग शीर्षक रकम विनियोजन नगरिएको, वार्षिक...

सर्लाहीका बजारमा बालश्रमिकहरुको प्रयोग

सर्लाहीका विभिन्न बजारहरुमा बाल श्रमिकहरुको प्रयोग भैरहेको पाइएको छ । लालबन्दी, नवलपुर, हरिवन, बयलबास, सदरमुकाम मलङ्गवामा समेत बाल श्रमिकको प्रयोग भैरहेको हो । ग्यारेज तथा वर्कसप, साईकल मर्मत केन्द्र, होटल, साना तथा मझौला यातायातका साधनहरु तथा ईट्टा भट्टाहरुमा बाल श्रमिकको खुलेआम प्रयोग भैरहेको भएपनि सरोकारवालाहरु मौन बसिरहेका छन् । गरिबीको कारण देखाई अभिभावकहरुले नै आफ्ना छोराछोरीलाई होटलमा काम गर्न पठाउने गरेको पाइएको छ ।   सदरमुकाम मलङ्गवको...

समाजसेवाले जेल पुर्यायो

कुसुम तिवारी समाजसेवामा सक्रिय रहे वापत यस बर्षको सिएनएन हिरो पुष्पा बस्नेतले हात पारिन् । उनको समाजसेवा, पुरस्कार हात पार्नुभन्दा पनि सेवाका लागि समाजसेवा गरेकी थिईन् । समाजसेवाकै कारणले यति ठूलो अन्तर्राष्ट्रिय सम्मानबाट सम्माननीय भएको कुरा चौतर्फी रुपमा चलिरहँदा यहाँ त्यहि समाजसेवाले नै एक महिलालाई जेल पुर्यायो भन्दा सायदै पत्यार लाग्ला तर यो यथार्थता हाम्रै चितवन जिल्लाको जिल्ला कारागारमा देख्न पाईन्छ । समाजसेवा गरेवापत जेलजीवनको उपाधि...

प्रविधि पुस्ता र सवाल

Binod Dhakal मानव जीवनको वाल्य, किशोर, युवा तथा प्रौढ चारमध्ये युवावस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ ।यो उमेरका हिसावमा महत्वपूर्णचाँही मानिएको होइन । युवा श्रममा आश्रित उमेर हो । युवा विकास र विनाश दुवैको उत्तोलक पनि बन्ने गरेका छन् । सिर्जनशीलता, रचनात्मकता, जुझारू, समर्पित, ऊर्जाशील परिवर्तनका संवाहकजस्ता सबै गुणहरू युवामा अन्तर्निहित छन् । त्यसकारण पनि विश्व राजनीतिमा युवाअवस्थालाई प्रधान राखिएको छ । नेपाली राजनीतिक परिवर्तनका सवै इतिहाँस...

महिला बन्दीलाई महिनावारी समस्या

कुसुम तिवारी नेपाल धेरै सम्भावना भएर पनि समस्या नै समस्यामा गुज्रिरहेको देश, नेपालकै एउटा मुटु सुदुरपश्चिम छाउपडी प्रथाले ग्रसित क्षेत्र र नेपालको अधा भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुको संसार २१÷२२ औं शताब्दीमा दौडिरहेको बेला नेपालको सुदुरपश्चिममा छाउ (महिनावारी) बार्ने छाउगोठमै किशोरी÷महिलाको मृत्यु भनेर प्रायः जस्तो खबर छापिएको अखबारले महत्व पाउन छाड्यो अचेल । मरिहाल्छन् नि पन्छिएका   (महिनावारी) आईमाई भनेर सरलभाषामा भनिन्छ । छाउपडी...

शहीदहरुप्रति श्रद्धा सुमन

– दुर्गाप्रसाद ढकाल ऐतिहासिक जिल्ला गोरखा, देशका ७५ जिल्ला जिल्ला मध्ये थुप्रै छुट्टै विशेषता बोकेको यस जिल्ला दक्षिणमा तनहुँ र चितवन, पश्चिममा लमजुङ र तनहुँ, पूर्वमा धादिङ (बुढी गण्डकी),उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतले घेरिएको जुन २७०१५’ पूर्वी देशान्तर देखि २८०४५’ उत्तरी अक्षांश र ८४०२७’ पूर्वी देशान्तर देखि ८४०४५’ पूर्वी देशान्तरसम्म फैलिएको ३,६१० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको गोरखा जिल्ला सामुन्द्रिक सतहदेखि ४८८ मि. देखि ८,१०० मिटर उचाईमा रहेको छ । बाईसे, चौबीसे राज्यमा विभाजित पूर्व नेपाल आपसी राजा रजौटाहरुको शक्ति प्रदर्शनका कारण...

दोबाटोमा जिन्दगी: आमाले हार्नुभयो,

Binaya Guragain न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला,...

अरबको रहरले निम्त्यायका पिडाहरु

– राम पौडेल गाउँभरी हल्ला चल्दैछ रामे अरवबाट आयो रे ! अस्ती सम्म गाउँमा हल्लिदै जम्दार बाकोमा काम गर्थ्यो, हेर मान्छेका दिन आएपछी कतिबेर लाग्छ र ! कती राम्रो भएको बाइ । त्यती लुरे अनी कालो न कालो थियो अहिले त टन्न मोटाएको । गोरो पनि भएको । हातमा घडी सुनको औठी अनी बडेमानको टेप घन्काउदै आएको । पैसा पनि मनग्य कमायाको छ रे ! अनी छुट्टीमा आएको रे । फेरी २ महिनापछी जाने रे । हेर त त्यो बाटुलीका क्या दिन आए । गाउका आईमाईहरु एकापशमा कुरा गर्दछन...

मायालाई के दिऊँ म…

एकोहोरो भएको छु मायाजालमा परी तिमीले माया मार्छौ कि झैं लाउँछ घरीघरी… लोकदोहोरी, तीज र आधुनिक गीत गाएर चर्चा कमाइरहेकी सुनीता दुलालले यति बेला रोइलामा मन लगाएकी छन् । त्यही फ्लेभर समेटिएको एल्बम ‘मायालाई के दिउ“ म’ उनले हालै बजारमा ल्याएकी छन् । उनको यो चौधौं एल्बममा उक्त एल्बममा रोइला, पूर्वेली भाका, दोहोरीसहित ६ गीत समावेश छन् । गाउनमा सुनीतालाई खुमन अधिकारी, राजु परियार, शिरीष देवकोटाले साथ दिएका छन् । रोइलामा शिरीष देवकोटाको शब्द र संगीत हो...

बीच सडकमा भेटेको बच्चा देउता जस्तो

८ जेठ, काठमाडौं ।  गुडिरहेको बसबाट सडकमा खसेका बच्चालाई उद्दार गर्ने ट्रक चालक धादिङ मलेखुका रविन सिलवाल दंग हुनुहुन्छ । बच्चाको उद्दार गरेकाले उहाँलाई धन्यवाद दिनेहरु त धेरै छन् नै । बच्चाले बाबुआमा भेटेकोमा रविन पनि खुशी हुनुहुन्छ । म भैरहवाबाट काठमाडौंतिर आउँदै थिएँ । फिस्लिङ नजिकै आइपुग्दा बीच सडकमा बच्चा रोइरहेको देखें । उसले गञ्जी र कट्टु मात्र लगाएको थियो । बीच सडकमा बच्चा रोइरहेको देखेर म आत्तिएँ । मैले अलि वरै ट्रक रोकें...

गर्भवतीलाई अडियो र भिडियोमार्फत शिक्षा

बाबियाचौर (म्याग्दी), २३ चैत ।  म्याग्दीका गर्भवतीलाई अडियो र भिडियोमार्फत मातृशिशु शिक्षा दिन थालिएको छ । मातृशिशु मृत्युदर कम गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र इन्टरनेटमार्फत सन्देशमूलक अडियो÷भिडियो सम्बन्धित व्यक्तिको मोबाइलमा राखेर स्वास्थ्य परामर्श दिन थालिएको हो । गर्भ अवस्थामा आमा र पेटभित्र रहेको शिशुको विकास, सुरक्षा, पोषणलगायतका विषयमा सहज रुपमा आवश्यक जानकारी उपलब्ध गराउन ई–मातृशिशु शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आमाको माया डटकमको सहयोगमा म्याग्दीको शिख, घार, हिस्तान र राम्चे गाविसमा गत मङ्सिरमा सुरु गरिएको...

मानवअधिकार र महिला आन्दोलनको भुमिका

श्रृजना आचार्य मध्यपश्चिम क्षेत्रिय अध्यक्ष संचारीका समुह  पृष्ठभुमि विश्व इतिहासमा महिला आन्दोलनले मानवअधिकारको वहसमा छुट्टै ऐतिहासीक पृष्ठभुमि बोकेर अगाडी बढेको छ । आज नारी समानता र हितका निम्ती जतिपनि कार्यक्रमहरु संचालन भइरहेका छन् ती सम्पुर्ण कार्यक्रमहरु संचालन हुनुमा ऐतिहासीक पृष्ठभुमि लुकेको पाइन्छ । खासगरी विश्व परिवेशमा हेर्दा महिला आन्दोलनको सुरुवात सन १८५० पछि भएको पाइन्छ । विभिन्न औपनिवेशमा रहेका मुलुकहरु स्वतन्त्र हुंदै जाने क्रममा विश्व औद्योगिक युगमा परिवर्तन हुंदैजांदा उद्योगमा काम गर्ने महिलाहरुले आफुहरु माथि भइरहेको...