::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

शहीदहरुप्रति श्रद्धा सुमन


– दुर्गाप्रसाद ढकाल
ऐतिहासिक जिल्ला गोरखा, देशका ७५ जिल्ला जिल्ला मध्ये थुप्रै छुट्टै विशेषता बोकेको यस जिल्ला दक्षिणमा तनहुँ र चितवन, पश्चिममा लमजुङ र तनहुँ, पूर्वमा धादिङ (बुढी गण्डकी),उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतले घेरिएको जुन २७०१५’ पूर्वी देशान्तर देखि २८०४५’ उत्तरी अक्षांश र ८४०२७’ पूर्वी देशान्तर देखि ८४०४५’ पूर्वी देशान्तरसम्म फैलिएको ३,६१० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको गोरखा जिल्ला सामुन्द्रिक सतहदेखि ४८८ मि. देखि ८,१०० मिटर उचाईमा रहेको छ । बाईसे, चौबीसे राज्यमा विभाजित पूर्व नेपाल आपसी राजा रजौटाहरुको शक्ति प्रदर्शनका कारण नेपाल भन्ने देश विलय हुने स्थितिलाई मध्यनजर गरी गोरखाका राज पृथ्वीनारायण शाहले एकीकरणको कार्य प्रारम्भ गरी सिङ्गो नेपालको निर्माण गरे । लमजुङका राजा नरहरी शाह र गोरखाका राजा द्रव्य शाहबीच दिनदिनै हुने झगडाले आमाले दुबै छोरालाई चेपे नदीमा बोलाई आफ्नो दूधको धारा बगाई अव आईन्दा नरहरी गोरखा नतर्नु, द्रव्य शाह लम्जुङ नजानु भनी दूध वगाएको ऐतिहासिक भनाई छ ।
लमजुङमा चेपे नदी किनारबाट दौडेर जो लिगलिगकोटमा पुग्थ्यो उही राजा हुने चलनबाट यो जिल्ला प्रख्यात थियो । अहिले पनि यो चलन हरेक वडादशैंको अन्तिम दिन विजयादशमीमा हुँदैछ । राजा छान्ने चलन छोर रु. ५०,०००÷– ले पुरस्कृत हुने गरिन्छ । शिक्षा हराए काशी जानु, न्याय नपाए गोरखा जानु भन्ने भनाई छँदैछ, नेपालमा प्रथम शहीद लखन थापा, प्रथम प्रधानमन्त्री भीमसेन थापा हुँदै जीवनकालमै पढाईमा प्रथम हुने व्यक्ति भु.पू. प्रधानमन्त्री डा. बाबुराम भट्टराई जन्मिएको जिल्ला । ने.क.पा. माओवादीले शुरु गरेको दीर्घकालीन जनयुद्धमा देश र जनताका खातीर प्राण आहुति दिने पं्रथम शहीद दिल बहादुर रम्तेल देखि सुरेश वाग्ले (वासु) जिल्ला सदरमुकामदेखि झण्डै १८.५ कि.मी. उत्तरपूर्वमा पर्ने सानो गाविस बगुवा, जहाँ ५ जना होनहार युवा युवतीहरुले जीवन आहुति गरेको गाउँ÷१ जना वेपत्ता पारिएको ठाउँ ।
तिनै बलिदान गर्नेमा हरिश्चन्द्र श्रेष्ठ, शिव श्रेष्ठ, बुद्धि श्रेष्ठ, शान्ति श्रेष्ठ र मिरा श्रेष्ठ र वेपत्ता सञ्जय ढकाल उहाँहरुको वार्षिक श्रद्धाञ्जली हरेक वर्ष गर्ने गरिन्छ । यसै क्रममा बैशाख २२ मा मिरा श्रेष्ठ (हिमाली) को १२ औं श्रद्धाञ्जली समारोहमा १ मिनेट मौनधारण गरी श्रद्धासुमन दिन पाउँदा ती अनुहारहरुले मलाई सारै चस्कायो । २०३३ साल वैशाख २१ गते बगुवा–४, रिठ्ठे पानी (मिलन वस्ती) मा पिता रत्न बहादुर श्रेष्ठ र माता पुतली माया श्रेष्ठबाट जन्मिएकी मिरा शान्ति उमाविबाट एसएलसी पास गरेकी विद्यालय रहँदै अन्याय अत्याचारका विरोधमा आवाज उठाउने निडर छात्राका रुपमा चिनिन्थिन । क्रान्तिकारी विचारले ओतप्रोत भएकी मिरा पार्टीको आवश्यकता बमोजिम पूर्णकालीन कार्यकर्ता भएर काम गर्ने क्रममा २०५९÷१÷२२ गते पुलिस प्रशासनले गिरफ्तारी गरी आरुघाट नजिक स्तुल खोला किनारमा गोली हानी कायरतापूर्वक हत्या ग¥यो । सो सम्झनामा सम्पन्न गरिएको श्रद्धाञ्जली सभामा होमबहादुर बरामले कार्यक्रम सञ्चालन गर्नुभयो भने ध्रुब भट्टले उहाँको पार्टी प्रतिको योगदानको प्रसंशा गर्दै उहाँहरुले देखाएको बाटोमा हिँड्न अनुरोध गर्नुभयो । 
मिराजस्तै देश र जनता अन्याय र अत्याचारको विरुद्ध सुनौलो विहानी ल्याउन आफ्नो प्राण आहुति गर्ने १३ हजार भन्दा बढी होनहार युवायुवती जसले मर्न देखि डराएनन्, बन्दुकको गोलीको प्रवाह गरेनन् जसले २४० बर्षे पञ्चायती शासनको अन्त्य गरे, बहुदलीय शासन देशमा आयो । यस्ता थुप्रै उपलब्धि हाँसिल भए । पार्टी र क्रान्ति चुनौतीको मोडमा पुगेको अवसर छोपी नेतृत्व पंक्तिमा देखिएको व्यक्तिवादी प्रवृत्ति, कुर्चीको माया, मोह, दलगत स्वार्थमा लागेर पार्टी विभाजन गरे शक्ति पृथकीकरण भयो । आज नेतृत्व पंक्ति के सोचिरहेको छ, ती महान शहीद कस्का हुन् । शहीदहरु तेरा र मेरा भन्दै होडवाज गर्दै श्रद्धाञ्जली सभा मनाउँछन् । यही हो पार्टीको अन्तिम लक्ष्य हजारौं अमाहरु हजारौं बाबुहरु, श्रीमान्हरु श्रीमतीहरु, छोरा छोरीहरु रोईरहेका छन् । शान्तिको सपना पूरा नहुँदै २ झका, २ पार्टी, २ मोर्चाको २ लाख रुपैयाँका लागि ती महान् शहीदहरुले ज्यान बलिदान दिएका हुन्? उहाँको रगतले के भन्दैछ आज डाँडा खोला, भीर पाखा, पखेरा रोईरहेको छ संकटकालमा पार्टी विलय हुन लाग्दा पार्टी बचाउने कार्यकर्ताहरु आज पछाडि छन् । चाकडी, गुलामी गर्ने अगाडि छन् । कसले गरिदिन्छ यो मुल्याङ्कन÷के भन्छन्– शहीद परिवार? शान्तिकालपछि झोला बोक्नेहरु आज पार्टीमा उच्च तहमा छन् । वास्तविक पार्टी बचाउने जन्मसिद्ध माओवादीहरु आज तिलमिलाईरहेका छन् । आलोक प्रवृत्ति अझै हावी छ । यही रहेमा पार्टी अब के होला?