::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

दलित समुदायको पहुच न्यून

घाँस दाउराका लागि सामुदायिक वन, जलका लागि पानीका मुहान र जमिनमा दलितको उचित पुहँच पुग्न नसेकेको दलित समुदायले गुनासो गरेका छन् ।  सथानीय श्रोत साधन जल, जंगल र जमिनबाट दलितहरु सधै बञ्चितिकरणमा परेको बैतडीको दुर्गम च्वाँगढ क्षेत्रको गाँजरी गाविसका दलित हिरा विश्वकर्माले बताउनुभयो । सामुदायिक वनहरुमा समेत दलित समुदायका व्यक्तिले घाँसका लागि समस्या भोग्नु परेको विशवकर्माले बताउनुभयो ।

 सामुदायिक वनको कुल आम्दानीको ३५ प्रतिशत रकम दलित समुदायको जीवनस्तर सुधारका लागि खर्च गर्नुपर्ने नियम भएपनि त्यसको कार्यान्वयन हुन नसकेको पाईएको छ । बैतडी जिल्लाका तीन सय वटा सामुदायिक वनमा दलितसमुदायका कुनै पनि व्यक्ति समुहको जिम्मेवार पदमा पुग्न सेकेका छैनन् । त्यसैगरी जमिन नभएर सुकुम्बासी बन्नु र मालिकको घरमा हलो जोत्नु पर्ने दलित समुदायको अर्को ठूलो समस्या देखिएको छ । जिल्लामा करिब चार हजारको संख्यामा सुकुम्बासी हलिया रहेको र हलिया मुक्त भएपनि जमिन नहँुदा दलित समुदायका हलियाहरु पुनः मालिकको घरमा हलो जोत्न बाध्य भएको हलिया मुक्ति समाज महासंघका पूर्व अध्यक्ष राजुराम भुलले बताउनुभयो । बैतडी जिल्लाको कुल जनसंख्या दुई लाख ६० हजार मध्ये नौ प्रतिश बढी जनसंख्या दलित समुदायको रहे पनि स्थानीय श्रोत साधनमाथि दलितको पहुँच स्थापित हुन नसक्नुमा श्रोत बाँडफाडमा असमानता र भएका ऐन कानुन कार्यान्वयन नहुनु राज्यका जिम्मेवार निकायको कमजोरी भएको दलित समुदायका अगुवाहरुले बताएका छन् ।