::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

लिचीको उत्पादन घट्यो

हिउदे वर्षा र असिना पानीले क्षति पु¥याउदा“ यसवर्ष नुवाकोट जिल्लामा  लिचिको उत्पादनमा गिरावट आएको छ । उपोष्ण प्रदेशीय बागबानी विकास केन्द्र त्रिशुली तथा जिल्लाकोे विभिन्न स्थानमा लगाइएको लिचिको उत्पादनमा ३० प्रतिशत घटेको छ । फलको आकारमा वृद्धि तथा गुणस्तरीय दाना भएपनि लगातार परेको हिउदे वर्षाले फुल र चिचिला झारेकाले यसवर्ष लिचिको उत्पादनमा गिरावट आएको बागबानी विकास केन्द्रले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान तथा परीक्षण केन्द्र वागवनी त्रिशुलीको बगैचा तथा व्यवसायिक खेती गरिएको स्थानमा लगाएको लिचिको उत्पादनमा गिरावट आएपछि किसानहरु निराश भएका छन । लिचिको उत्पादनबाट वागवानीले गएको वर्ष ६५ हजार रुपैया“ अम्दानी गरेकोमा यस वर्ष ४९ हजारको मात्र उत्पादन भएको जनाएको छ । यस वर्षको लिचिमा रोगले सक्रमण नगर्दा दानाको स्वादमा गुणस्तर र ठूला दाना फलेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । लिचिको उत्पादन सगै अहिले विरुवा रोप्ने समय पनि सुरु भएको छ । विरुवा रोपेको ३–४ वर्षपछि नै फल्न सुरु गर्ने लिचिमा भिटामिन ए, बी, सी, काब्रोहाइडेड लगायतका पौष्टिक तत्व पाइन्छ ।