::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

मायालाई के दिऊँ म…

एकोहोरो भएको छु मायाजालमा परी तिमीले माया मार्छौ कि झैं लाउँछ घरीघरी… लोकदोहोरी, तीज र आधुनिक गीत गाएर चर्चा कमाइरहेकी सुनीता दुलालले यति बेला रोइलामा मन लगाएकी छन् । त्यही फ्लेभर समेटिएको एल्बम ‘मायालाई के दिउ“ म’ उनले हालै बजारमा ल्याएकी छन् । उनको यो चौधौं एल्बममा उक्त एल्बममा रोइला, पूर्वेली भाका, दोहोरीसहित ६ गीत समावेश छन् । गाउनमा सुनीतालाई खुमन अधिकारी, राजु परियार, शिरीष देवकोटाले साथ दिएका छन् । रोइलामा शिरीष देवकोटाको शब्द र संगीत हो । ‘धरतीलाई पेवा घाम र पानी…’ पूर्वेली भाकाको लोक-आधुनिक गीत हो । कुमार विवाहितले लेखेको यो गीतमा चाहिँ महेश खड्काको संगीत सुन्न सकिन्छ । रोइला र पूर्वेली भाका एउटै एल्बममा समेट्नुको कारण पश्चिम र पूर्व दुवै क्षेत्रका श्रोतालाई दुवै स्वाद एउटै प्याकेजमा दिन खोजेको उनले बताइन् । ‘रोइला र पूर्वेली भाका अत्यन्त रमाइलो गराउने खालका हुन्छन्,’ उनले भनिन्, ‘ती भाका धेरैले मन पराउने भएकाले तिनैको एल्बम निकाल्न मन लाग्यो ।’ पश्चिमतिर भजनकीर्तन, मेला, पर्व वा अन्य कन्सर्टमा रोइला र पूर्वतिर पूर्वेली भाकाकै माग हुने भएकाले उनलाई गायनका यी शैली ‘सदाबहार लाग्छन्’ । आउँदो तीजका लागि अर्को एल्बमको तयारीमा रहेकी गायिका चाँडै देउडा एल्बम निकाल्ने योजनामा रहिछन् ।