::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

काभ्रेका गाविसले सर्त पालना गर्न सकेनन्


आर्थिक वर्ष २०६८/०६९ मा काभ्रेका ९ वटा गाविसले न्यूनतम सर्त पालना गर्न नसकेको पाइएको छ । चालु आर्थिक वर्ष २०६९/७० मा गरेको मूल्याङ्कनमा जिल्लाको ८७ गाविसमध्ये अनैकोट, वाल्टिङ, कापुर कालापानी, माझीफेदा, सानोबाङथली, शिखर आम्बोटे, डाँडागाउँ, उग्रतारा जनागल र बेगसिम्ले गाविसले शर्त पालना गर्न नसकेको जिल्ला विकास समिति काभ्रेका योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।

 लक्षित वर्ग शीर्षक रकम विनियोजन नगरिएको, वार्षिक समीक्षा बैठक नबसेको, लेखापरीक्षण प्रतिवेदन जिविसमा नबुझाएको, ९० प्रतिशत रकम निकासा नलिएको लगायत जिविसले निर्धारण गरेको १० वटा सुचक पालना गर्न नसकेपछि न्यूनतम सर्त पालना नगर्ने गाविसको रुपमा वर्गीकरण गरिएको जिविसले जनाएको छ । स्थानीय स्वायत्त शासन ऐन २०५५, नियमावली २०५६, स्थानीय निकाय स्रोत परिचालन तथा ब्यव्स्थापन कार्यविधि २०६९ अनुसार जिविसले गरेको कार्यसम्पादन तथा मूल्याङकनमा ती गाविसहरु असफल भएको प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो । सर्त पालना गर्न नसक्ने गाविसहरु थप दुई लाख अनुदान पाउनबाट बञ्चित भएका छन् ।