::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

महिला बन्दीलाई महिनावारी समस्या



कुसुम तिवारी
नेपाल धेरै सम्भावना भएर पनि समस्या नै समस्यामा गुज्रिरहेको देश, नेपालकै एउटा मुटु सुदुरपश्चिम छाउपडी प्रथाले ग्रसित क्षेत्र र नेपालको अधा भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुको संसार २१÷२२ औं शताब्दीमा दौडिरहेको बेला नेपालको सुदुरपश्चिममा छाउ (महिनावारी) बार्ने छाउगोठमै किशोरी÷महिलाको मृत्यु भनेर प्रायः जस्तो खबर छापिएको अखबारले महत्व पाउन छाड्यो अचेल । मरिहाल्छन् नि पन्छिएका   (महिनावारी) आईमाई भनेर सरलभाषामा भनिन्छ । छाउपडी प्रथा विरुद्धको अभियान विविध कारणले होला प्रभावकारी हुन सकेको छैन समस्या सुदुरपश्चिममा मात्र होईन समस्या देशको प्रायः भेगहरुमा छ, फरक यतिमात्र हो कि सुदुरपश्चिममा छाउ (महिनावारी) हुँदा सूर्यलाई देख्नु नै हुँदैन त्यसैले छाउगोठ (महिनावारी भएको बेला बस्ने गोठ) मा बस्नुपर्छ  । यहाँ पुरुषलाई छुनु हुँदैन भान्छामा पस्नुहुँदैन छुई (महिनावारी) भएको बेला राम्रा नयाँ कपडा लगाउनु हुँदैन, लगाएपनि लगाएकै कपडासँग खानु हुँदैन छुट्टै कपडा लगाउनुपर्दछ, छुट्टै विस्तारामा सुत्नुपर्दछ भन्ने जस्ता अन्धविश्वास समाजमा देख्न पाईन्छ । केही युवती परिवर्तन गर्न खोजेपनि अन्धविश्वासको कालो धब्बा मेटिएर पूर्णरुपमा सेतो हुन सकेको छैन । समस्यामा आधुनिक युवती पनि अब एकैछिन परिकल्पना गर्नुहोस् त कारागारभित्र कष्टकर जेलजीवन विताईरहेका महिलाहरुको महिनावारी अवस्था कस्तो होला?
चितवन कारागारका महिला कैदीवन्दीहरु महिनावारी समस्याको मारमा परेका छन् । सानो र साँघुरो ठाउँ प्रख्यात सरसफाईका लागि पानी अभाव तथा महिनावारीमा प्रयोग गर्नुपर्ने प्याडको अभाव महिलाबन्दीमा देखिएको छ । जेलजीवनमा सीमित कपडा हुने हुँदा कपडा पनि प्रयाप्त प्रयोग गर्न कठिन भएको विगत १९ महिनादेखि जेलजीवन विताईरहेकी कुसुमकुमारी थनेलले बताईन् । कपडाहरु प्रयाप्त नहुँदा एउटै कपडाको टालो पटकपटक सम्म प्रयोग गर्नुपर्ने हुँदा धोएर सुकाउने ठाउँको समस्या कारागारमा रहेको समेत थनेलले जानकारी दिएकी थिईन ।
स्वास्थ्यको दृष्टिकोणले कपडा प्रयोग गर्नु उचित हुँदैन कपडा प्रयोग गर्नेपर्ने स्थिति सृजना भएपनि नरम कपडालाई डिटोल र सफा पानीले राम्ररी पखाली घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ र एउटी महिलाले प्रयोग गर्दै आईरहेको (टालो) कपडा अरुले प्रयोग गर्न हुँदैन भन्नुहुन्छ । महिनावारी हुँदा अरु बेलाको भन्दा फरक हुने हुँदा त्यस्तो अवस्थामा विशेष ख्याल गर्नुपर्ने कसैकसैमा त महिनावारी हुँदा अत्याधिक ढाड,कम्मर, पेट दुख्ने, रिंगटा लाग्ने, खाना खान मन नलाग्ने जस्त समस्याहरु देखा पर्दछन् । नेपालजस्तो विकसोन्मुख देशमा खानामा सन्तुलन मिल्न नसक्दा पनि यस्तो समस्या देखिएको हुन सक्ने बताउँदै महिनावारी हुँदा पोषणयुक्त र झोलिले खानेकुरा प्रशस्त खाने, आराम गर्ने र सरसफाईमा ध्यान दिन सकेपछि महिनावारीको कारणले योनीमा हुने संक्रमणबाट बच्न सकिने पनि डाक्टरको भनाई छ । उसो त अन्धविश्वासलाई पछ्याउँदै होईन, आफ्नो अवस्थाका बारेमा र आफ्नो स्वास्थ्यको बारेमा जानकारी हुनु आवश्यक छ ।
महिनावरी हुँदा ध्यान दिनुपर्ने कुराहरुः
महिनावारी हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ ।
प्रयोग गरिएको कपडा वा प्याडलाई छिटो छिटो फेर्नुपर्दछ ।
मनतातो पानीले योनी दिनको ३ पटक सफा गर्नुपर्दछ ।
कडा कपडा प्रयोग गर्नुहुँदैन (कडा कपडा प्रयोग गर्दा कास लाग्ने छेउछेउको छाला गई हिँडडुल गर्न  
        अप्ठ्यारो हुन्छ ।)