::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

पशुपति शर्माको गीतको विरोध गर्नुको कुनै तुक छैन

पशुपति शर्माको ‘हामी नेपाली’ शीर्षकको तीज गीतको केही दलित प्रतिनिधिले बिरोध गरेपछी त्यस्को बिषयमा चर्चा-परिचर्चा हुनथालेका छन् ।
यसै बिषयलाई लिएर यसअघि दलित अधिकारसँग सम्बद्ध रहेर ‘दलन’ नामक टेलिश्रिंखला बनाएको संस्था जागरण मिडिया सेन्टरले छलफल थालेको छ । जस अनुरुप दलित आन्दोलनका अग्रणी व्यक्तित्व, साहित्यकार तथा ‘दलन’का लेखक विश्वभक्त दुलाल ‘आहुति’सँग ‘जागरण मिडिया सेन्टर’का लागि महावीर विश्वकर्माले गरेको कुराकानीको अंश ।

अहिले पशुपति शर्माले ल्याउनुभएको गीतको विषयमा मिश्रित किसिमका प्रतिक्रियाहरु आईरहेका छन् । तपाईँले पनि यो गीत सुन्नुभयो, भिडियो पनि हेर्नुभयो । अब यो गीतमाथी भइरहेको विरोधहरुप्रति के भन्नुहुन्छ तपाईँ ?
- अब यो गीतको विरोध किन भयो होला भने, मेरो विचारमा दलित आन्दोलनको बारेमा, जातप्रथाको बारेमा, उनीहरुको अस्तित्वका बारेमा ठीक ढंगले कुरा नबुझेपछि यस्ता विरोधहरु जन्मिन्छन् । मेरो वहाँहरुलाई सुझाव के छ भने, पहिलो कुरा त कुरा राम्रोसँग पहिला बुझ्नुपर्यो । कुरा नबुझीकन विरोध गर्नु भनेको चाहीँ महामुर्ख ठहरिनुहुन्छ यो गीतको सन्दर्भमा । यो गीतले कसैको अपमान गर्दैन । सबैलाई सम्मान गर्छ र समावेशिताको सन्दर्भमा यसले एउटा आह्वान पनि गर्छ ।
जहाँसम्म विरोध गर्नेहरुको दमाईलाई दमाई भन्यो परियार भनेन, कामीलाई कामी भन्यो विश्वकर्मा भनेन भनेर विरोध गरेको भन्ने पनि मैले सुनेँ । त्यो त झन् अर्को अति भयो । किनभने वास्तवमा परियार भनेको त दमाई भित्रको एउटा थर मात्रै हो । तै पनि फेरी दमाईहरुले आफुलाई परियार भनेर चिनाउन चाहन्छन् भन् त्यसमा दमाई शब्दको विरोध गरिराख्नुुपर्ने त केही पनि छैन । त्यो आफैमा अपमानित शब्द होईन त्यो । दमाहा बजाउनेलाई दमाही भन्या हो त्यो । पेशा मिल्ने जातको नाम हो त्यो । विश्वकर्मा भन्ने बित्तिकै पनि हुने कुरा होईन त्यो । कर्मीबाट कामी शब्दको निर्माण भएको हो । त्यो कुनै अपमानित शब्द होईन त्यो । त्यसकारण जातका नामहरुसँग भेदभाव देख्ने जो अवधारणा छ, जो विकार छ, जो सोँच छ त्यो जातको गर्वलाई, जातको गर्विलोपनलाई ठीक ढङ्गले नबुझ्दा खेरी पैदा भएको समस्या हो । त्यसकारण यो गीतको विरोध गर्नुको कुनै तुक छैन । हाँस्यास्पद विरोध भन्छु म त्यसलाई ।

अहिले फेसबुकमा पनि एकदमै मिश्रित किसिमको प्रतिक्रिया दलित समुदायबाटै आईरहेका छन् । विशेष गरि युवाहरुबाट । यो, फेसबुक प्रयोगकर्ताहरुको यो विषयको बुझाईप्रतिको अपरिपक्वता हो की या यो विषयले नै त्यस्तो महसुस गरायो उहाँहरुलाई ? यसमा थप केही भन्नुहुन्छ तपाईँ ?
- हैन, नेपालमा भर्खर केही युवाहरु र केही पुराना पुस्ताका पनि साथीहरुलाई के परेको छ भने, दलितहरुलाई दलित भन्या हुनाले चाहीँ दलित भा का हो । कामीलाई कामी भनेको हुनाले चाहीँ उत्पीडित हुनुपर्या हो । दमाईलाई दमाई भनेको हुनाले चाहीँ उत्पीडित हुनुपरेको हो, अपमानित हुनुपरेको हो भन्ने उनीहरुलाई परेको छ । त्यो बुझाई नै ठीक छैन वास्तवमा । समग्र राजनैतिक व्यवस्था त्यस्तो भएको हुनाले हो ।
जस्तो म उदाहरण राखुँ, तराईमा पनि लोहार भनिन्छ, पहाडमा पनि लोहार भन्नेहरु छन् । लोहार भन्यो भने कामीलाई चिनिन्छ पहाडमा । तर तराईमा लोहार भन्नेलाई छुवाछुत हुँदैन, त्यही काम गर्छ । पहाडमा लोहार भन्नेलाई छुवाछुत हुन्छ । वा कामीलाई छुवाछुत हुन्छ । त्यसकारण त्यो पेशाको कारणले भएको पनि होईन, त्यो नामको कारणले भएको पनि होईन ।

Pashupati sharma 1एउटै जात जस्तो की, मानन्धर थर भएका नेवारहरुलाई जङ्गबहादुरको पालाभन्दा पहिला पनि उनीहरु मानन्धर नै भन्थे, त्यतिबेला उनीहरुलाई छुवाछुत हुन्थ्यो । जङ्गबहादुरले जात फुकाइ सकेपछि अहिले पनि उनीहरु आफुलाई मानन्धर नै भन्छन् तर उनीहरुलाई अपमानित पनि गरिँदैन, छुवाछुत पनि गरिँदैन । त्यसकारण नाम के भयो भन्ने सन्दर्भको कुरा होईन यो । सन्दर्भ त समग्र राजनीतिक प्रणाली, समग्र साँस्कृतिक प्रणाली, समग्र सामाजिक व्यवस्था कस्तो छ भन्ने आधारमा यो निर्धारित हुन पुगेको हो ।

त्यसकारणले गर्दा दलित नभनेर दलितहरुको मुक्ति हुने पनि होईन । कामी नभनेर कामीहरुको नयाँ परिचय बन्ने पनि होईन । परियार भनेर दमाईहरुमाथी भएको उत्पीडन कम हुने पनि होईन । त्यसकारणले गर्दा समग्र व्यवस्थासँग सम्बन्धित कुरा हो । मलाई के लाग्दैन भने, मेरो सन्दर्भमा भन्नुहुन्छ भने, मलाई कसैले सार्की भन्यो भन्देखी मलाई कुनैपनि अपमान वोध हुँदैन । किन हुनुपर्ने ? त्यो कुरा होईन । थर लेख्ने भनेको अर्कै कुरा हो । थर भनेको त जसले पनि लेख्न पाउनुपर्यो । वाहुनले पनि आफ्नो थर लेख्छ । कामीले पनि लेख्छ । सार्कीले पनि लेख्छ । थर त फरक फरक हुन्छ नी । अहिले परियार सेवा समाजमा बस्नेहरु चाहीँ सबैको थर परियार हो र ? त्यो त हैन नी त । विश्वकर्मा समूहमा बस्नेहरुको सबैको थर विश्वकर्मा हो र ? त्यो त हैन नी त । त्यसैले थर लेख्ने भनेको आफ्नो अधिकारको कुरा हो । तर जातको नामका सन्दर्भमा त त्यसको नामले उसलाई बिगारेकै होईन नी । त्यसकारणले यो बुझाईको समस्या हो ।

यो गीतले समाजमा विद्यमान दलित समुदाय माथीको विभेदलाई कस्तो प्रभाव पार्छ ?
- मेरो विचारमा रेडियो र ईलेक्ट्रोनिक माध्यमबाट बज्ने गीतहरुमध्ये अहिलेसम्मको जातप्रथा माथी सबभन्दा साहसपूर्वक प्रहार गरिएको गीत यही नै हो । यो भन्दा अगाडीका गीतहरु केही रुन्चे गीतहरु बजे । जस्तो की यशकुमारले २—३ वटा गीतहरु गाउनुभयो । मैले छोएको पानी चल्दैन भन्ने गीत गाउनुभयो । त्यो चर्चित भयो । तर विषयवस्तुको हिसाबले त्यो ठीक थिएन । त्यसैगरि म आफ्नै आँगनमा ईनार बनाउँछु भनेर गाउनुभयो । अरुको ईनार छुन नपाए छुन्न भन्नुभयो । त्यो पनि अन्तरवस्तुका हिसाबले बेठिक थियो । प्रगतिशिलहरुले अरु अरु गति गाएका छन्, तिनीहरु महान छन् ।

तर रेडियोको माध्यमबाट वा टेलिभिजनको माध्यमबाट पर्दामा इलेक्ट्रोनिकको माध्यमबाट चाहीँ हाकाहाकी, साहसपूर्वक, खुला रुपमा जातप्रथाको विरुद्धमा गाइएको यतिको सशक्त गीत नेपालमा आएकै थिएन । त्यसकारण यस्तो गीतलाई, यति साहसपूर्वक ल्याइएको गीतलाई चाहीँ स्वागत गरेर त्यसलाई स्थापित गर्नु र जातप्रथा माथीको प्रहार, छुवाछुत माथीको प्रहार, अन्तरजातीय विवाहको विरोधीहरुमाथीको प्रहार गर्नुको सट्टा झन यसको विरोध गर्नु भनेको त महामुर्खता हो ।

हामीले किन यस्तो गीतको स्वागत गर्न सकेनौँ त ? हामीले भन्नुको अर्थ विरोध गर्नेहरुले कुरा गर्न खोजेको मैले ।
- त्यही त, वहाँहरुले कुरा बुझ्न सक्नु भा छैन । केही अमेरिकामा बस्ने एकाध मान्छेहरु छन्, जसले अनावश्यक रुपमा चाहीँ हल्ला फैलाइरहेका छन् की, दलित भनिसकेपछि हामी खत्तम भा को हो भनेर । दलित भनेर आन्दोलन नउठाएको भए आज चाहीँ दलितहरुको बारेमा यो व्यवस्था हुन्थ्यो ? यो कुरा बुझ्नु छैन । देशबाटै पलायन भएका मान्छेहरुले चाहीँ फेसबुकमा अभियान चलाउने । देशभित्र आएर बाँच्न आँट छैन । त्यस्ता मान्छेहरुले हल्ला फिँजाई राख्या छन् र केही युवा साथीहरुलाई हो क्यारे जस्तो परिराख्या छ । केही प्रमुख साथीहरुलाई पनि हो क्यारे जस्तो परिराख्या छ । कुरा त्यस्तो होईन । त्यसकारणले कुरालाई विषयलाई ठीक ढंगले बुझ्नुपर्यो ।

तपाईँले दलितका आन्दोलनकर्मीहरु जसले दर्जनौँ वर्ष यो आन्दोलनमा बिताएर यो आन्दोलनलाई स्थापित गरेका छन्, यो शब्दलाई स्थापित गरेका छन् र दक्षिण एसियामा नै पहिलो चोटी संविधानमा नै दलित शब्दलाई स्थापित गरेर सम्बोधन गर्नैपर्ने विषय बनाएका छन् यी आन्दोलनका नेताहरुसँग तपाईँहरुले छलफल चलाउनुपर्यो र आम साथीहरुको बीचमा पुर्याउनुपर्यो भन्ने मेरो सुझाव छ ।

अघि तपाईँले भन्नुभयो, अहिलेसम्म बनेका जति पनि गीत थिए ती मध्येको सबैभन्दा उत्कृष्ट र सशक्त चाहीँ यो हो, जसले जातीय विभेदको कुरालाई सशक्त ढंगले उठाएको भनेर ।
- मैले साहसपूर्वक उभिने सन्दर्भमा भनेको । त्यसको कला पक्ष, त्यसको शब्द पक्ष भन्दा पनि यसले जुन साहसका साथ उठायो त्यो साहस चाहीँ अरु गीतमा देखा परेको थिएन भनेको मैले । यो इलेक्ट्रोनिक माध्यमबाट आएका गीतहरुमा थिएनन् ।

यदि त्यसो हो भने, एउटा गैरदलित स्रष्टाले यसरी आफ्नोतर्फबाट समाज परिवर्तनका लागि सहयोग गरिरहँदा सम्बन्धित समुदायले चाहीँ यो गीत प्रतिबन्ध गरिनुपर्छ, बजारमा आउन दिनुहुँदैन भनेर विरोध गरिरहँदा त्यस्ता गैरदलित समुदायबाट केही गरौँ भन्ने स्रष्टाहरुलाई मानसिक रुपमा यसले असर पुर्याउँछ ?
- अलिकति पुर्याउँछ, किन नपुर्याउने ? तर सँसारमा त्यस्ता मान्छेहरु हुन्छन् । सँसारमा राम्रो काम गर्ने मान्छेले के कुरा पनि बुझ्नुपर्छ भने पिछडिएको चेतनाले केही समय त्यो राम्रो कुरालाई बुझ्न सक्दैन भन्ने कुरा पनि बुझ्नुपर्छ वहाँहरुले । पशुपति जी हरुलाई म त्यो अपिल पनि गर्न चाहन्छु । जस्तो की, म तपाईँलाई भनौँ की, सती प्रथाको उन्मुलन गर्दाखेरी विरोध गर्ने केही महिलाहरु नै निस्किएका थिए । त्यस्तै सँसारमा इन्जिन आईसकेपछि, मेसिनहरु चल्न थालेपछि मेसिन फुटाउनेहरु मजदुरहरु नै थिए शुरुमा । त्यसैले कहिलेकाहीँ त्यस्तो हुन्छ । सकारात्मक कुरा गर्दाखेरी जुन समुदायका लागि त्यस्तो गरिन्छ त्यसले कुरा नबुझेर त्यसको विरोध गरिदिने खतरा हुन्छ । तर त्यो सानो झुण्ड हुन्छ । त्यसले पछि कुरा बुझ्दै जान्छ ।

अब अन्तमा, यो गीतको सन्दर्भमा छोटोमा के भनेर कुरा टुंग्याउनुहुन्छ ?
- यो गीतले नेपाली समाजको यथार्थ जो छ जातमा आधारित त्यसलाई ती जातहरुको नाम लिँदा खेरी कुनै अपमान गर्ने सन्दर्भमा प्रयोग भएको छैन । बरु ती शब्दहरुलाई, ती नामहरु प्रयोग गर्दाखेरी सम्मान गर्ने अर्थमा, समान हौँ भन्ने अर्थमा प्रयोग भएको छ । त्यसकारण शब्द कुन प्रयोग भयो भन्ने मुख्य कुरा होईन, त्यो के का निम्ति प्रयोग भयो ? भन्ने मुख्य कुरा हो । यसरी हेर्दा त्यो चाहीँ जात प्रथाको विरुद्धमा, छुवाछुत भेदभावको विरुद्धमा ती शब्दहरु प्रयोग भएको हुनाले त्यसलाई सकारात्मक रुपमा लिनका लागि र स्वागत गर्न सिक्नुपर्दछ भन्ने मलाइं लाग्छ ।  - स्रोत : जागरण मिडिया

तस्करले बाघ नमारोस्,बाघले मान्छे नमारोस्

यो पटकको बाघ दिवस साउन १४ गतेका दिन चितवन, काठमाडौँ र बर्दियामा विशेष कार्यक्रम भए । गएको माघदेखि जेठसम्म भएको बाघ गणनाको नतिजा सो कार्यक्रममा सार्वजनिक गरियो । तराई क्षेत्रको रौतहटदेखि कञ्चनपुरसम्मका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, जैविक मार्ग, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रहरुमा भएको गणनाले कतै बाघको संख्यामा केही सुधार भएको, कतै केही घटेको, कतै ह्वात्तै बढेको देखायो । समग्रमा देशभर बाघको संख्या बढेको पाइयो । चार वर्षअघि वि.सं. २०६६ सालमा सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालभर १२१ बाघ थिए । यसपटक १९८ पुग्यो ।
सरकारले आउँदो नौ वर्षभित्र अर्थात् सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २५० को हाराहारीमा पु¥याउने लक्ष्य राखेको छ । सन् २००९ मा भेटिएका भन्दा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने काम असम्भवै त नहोला, तर चुनौतीरहित भने पक्कै छैन । नेपालमा सबैभन्दा बढी बाघ पाइने क्षेत्र चितवनमा बसेर नियाल्दा यो लक्ष्यको मुख्य तगारो भनेको चोरीसिकार र मानवमाथि बाघको बढ्दो आक्रमण देखिन्छ ।
चितवन निकुञ्जमा सन २००९ मा भएको गणनामा ९१ वटा वयस्क बाघ भेटिएका थिए । त्यसका आधारमा चितवनमा अधिकतम १४७ वटा बाघ रहेको अनुमान थियो । त्यसको एक वर्षपछि चितवन निकुञ्जको चुरे क्षेत्रमा मात्रै बाघको अनुगमन गर्दा ३४ वयस्क बाघ फेला परेका थिए, जसका कारण चितवनमा १२५ वयस्क बाघ रहेको निकुञ्जले जानकारी दिएको थियो । तर, यस पटक चितवनमा न्यूनतम ९८ देखि अधिकतम १३९ र औसत अर्थात् कुल १२० बाघ रहेका छन् । सन् २००९ मा भएको गणनामा ९१ र त्यसको एक वर्षपछि चुरेमा भएको अनुगमनमा फेला परेका ३४ गरी कुल १२५ वयस्क बाघभन्दा यस पटक पाँचवटा कम बाघ फेला परेका छन् ।
चितवनमा बाघ घटे वा बढेभन्दा पनि मानवमाथि लगातार हुने गरेको आक्रमण चिन्ताको विषय बनेको छ । गएको आर्थिक वर्षमा चितवन निकुञ्जआसपासका क्षेत्रमा जंगली जनावरको आक्रमणमा परेर १६ जनाले ज्यान गुमाएको निकुञ्ज प्रशासनले जानकारी गराएको छ । बाघ दिवसका दिन चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यसरी मर्नेमध्ये आधा अर्थात् आठ जनालाई बाघले नै आक्रमण गरेको छ ।
योभन्दा अघिल्लो आर्थिक वर्षमा बाघका कारण चार जनाको मृत्यु भएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणमा परेर मर्ने कोही पनि थिएनन् । अर्थात्, शून्यबाट चार अनि आठ गरेर मान्छेहरु मरिरहेका छन् । सन् २०२२ सम्म बाघ दोब्बर बनाउने लक्ष्य पूरा होला वा नहोला, तर बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या दोब्बर भइसकेको छ । त्यसैले, यो ज्यादै चिन्ताको विषय हो । स्थानीयमाथि जनावरले गर्ने आक्रमण नरोकिए संरक्षणप्रति उनीहरुलाई उत्प्रेरित गर्न गाह्रो हुन्छ । स्थानीयको जागरूकता र सक्रिय सहभागिताबिना संरक्षण कार्य प्रभावकारी बन्दैन ।
स्थानीयमाथि बाघको आक्रमण किन बढ्दो छ ? यसप्रति ध्यान दिन आवश्यक छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण भुर्तेलको अनुभवमा बाघको आहारा निकुञ्जमा घट्दो छ । अहिले भएको गणनाले पनि यो कुरालाई पुष्टि गरेको छ । बाघ धेरै पाइने चितवन निकुञ्ज, बर्दिया निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमध्ये बाघको आहारा प्रजातिको सबैभन्दा कम घनत्व चितवन निकुञ्ज क्षेत्रमा नै छ ।
चितवन निकुञ्जआसपासमा मध्यवर्ती सामुदायिक वनको राम्रो विकास भएको छ । राम्रो घाँस पाइने भएका कारण जरायो, चित्तलले बथान बढाएका छन् सामुदायिक वनहरुमा । जरायो, चित्तल भएको ठाउँमा बाघ आउने नै भयो ।
आहारा खोज्दै आउने बाघ र घाँसदाउरा लिन मध्यवर्ती वन पस्ने गाउँलेहरुबीच जम्काभेट बढ्न थालेको हो भन्छन् भुर्तेल । बाघले धेरै दुःख दिने मेघौली क्षेत्रका बासिन्दा हुन् उनी । संख्या बढाउने योजनामा लागेको सरकारले निकुञ्जभित्रका घाँसे मैदानको अवस्था सुधारेर बाघको आहारा प्रजातिका जनावरहरु चित्तल, जरायोको संख्या बढाउन सुझाव दिन्छन्, भुर्तेल । बाघ निकुञ्जभन्दा बाहिर नआउने उपायको खोजीमा लाग्नु उत्तम हुने उनको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको भनाइलाई आधार मान्ने हो भने बाघको आनीबानी थाहा पाउने हो भने उसको आक्रमणबाट जोगिन सकिन्छ । तर, उसको आनीबानी के–कस्तो हो, सिकाउने कसले ? बस्तीमा लगातार बाघ आक्रमणका घटना बढिरहँदा स्थानीयलाई सचेत बनाउने विषयमा सरकारले अहिलेसम्म कुनै कार्यक्रम गरेको भोग्न तथा सुन्न पाइएको छैन । स्थानीयलाई असुरक्षित बनाएर संरक्षणमा फलदायी काम गर्न सकिन्न भन्ने कुरा सरकारले बेलैमा बुझ्न आवश्यक छ ।
बाघ संरक्षणको अर्को चुनौती यसको चोरीसिकार नै हो । गैँडा मारेर खाग मात्रै लैजान्छन्, अजङको शरीर त्यसै छाड्छन् । त्यसैले, तस्करले मारेको गैँडाको सूचना बाहिर आउँछ । बाघको बारेमा अप्ठ्यारो के हो भने यसका रौँ, हड्डी, छालादेखि लगभग सबै अंगप्रत्यंग बिक्री हुने भएकाले तस्करले मारेको बाघको अवशेषसम्म राख्दैनन् । त्यसैले, बाघको सिकार कति भयो भनी पत्ता लगाउन गाह्रो हुन्छ । तर, सिकार भई नै राखेको हुन्छ ।
तस्करहरु कति चलाख छन् भन्ने कुरा बर्दियामा भएको घटनाले नै पुष्टि गर्छ । वि.सं. २०६७ सालको असोजमा चितवनमा एउटा बाघ होटलमा फेला प¥यो । उद्धारपछि केही समय चितवन निकुञ्जको कसरामा पशुचिकित्सकको रेखदेखमा रहेपछि बाघ स्वस्थ भयो । त्यसलाई बर्दिया लगेर छाड्ने निर्णय भयो । नमो बुद्ध नाम राखेर सो बाघलाई निकै तामझामका साथ बर्दिया लगियो । बाघको घाँटीमा सेटलाइट जडित रेडियोकलर बाँधियो । त्यस प्रकारको अत्याधुनिक रेडियोकलरले काठमाडौँमा बसेर नै बाघ कहाँ छ, पत्ता लाग्छ भनियो ।
तर, केही दिनपछि एकाएक बाघ गायब भयो । खोजी गर्दै जाँदा बाघ फेला परेन, रेडियोकलर भने भेटियो । अधिकारीहरुले बाघ चोरी तस्करले नै मारेको ठहर गरे । बाघ तस्करहरु कति शक्तिशाली छन् भन्नका लागि यो उदाहरण नै काफी छ । भारतका विभिन्न संरक्षित क्षेत्रहरुमा चोरीसिकारका घटना बढेको खबर त्यहाँका सञ्चारमाध्यममा आइरहेका छन् । त्यसमाथि, डरलाग्दो अर्को खबर पनि छ, कुख्यात बाघ तस्कर संसारचंदको रिहाइ ।
भारत राजस्थानमा रहेको सरिस्का नेसनल पार्कका पूरै बाघ मारेर अंगको कारोबार गरेको आरोप लागेका संसारचंद केही दिनमै छुट्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २००५ मा समातिएका संसारचंदमाथि लागेका आरोपहरुको पर्याप्त प्रमाण नभएपछि दुई सय बाघ मार्ने मुद्दाका अभियुक्त संसार रिहा हुँदा नेपालमा पनि तस्करहरुले टाउको उठाउने जमर्को अवश्य गर्नेछन् ।
संसारचंद जेलबाट छुटेर बाघको अंगको कारोबारमा फेरि हात हालेमा भारतका मात्रै होइन, नेपालका बाघ पनि उनको निशानामा पर्नेछन् । चोरीसिकार पहिलाको भन्दा झनै बढेर जाने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । तस्करले बाघ नमारुन् र बाघले स्थानीयलाई नमारोस्, यी दुई कुरालाई ध्यानमा राखेर संरक्षण योजना बनाए सफलता अवश्य मिल्नेछ ।
 

सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी

गैडाकोटमा सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी मिसिएको पाइएको छ । गैडाकोट ४ र ८ को बीच भाग त्रिशक्ति मार्ग कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा ५० प्रतिशत पानीको मात्रा भएको भेटिएको हो । त्रिशक्ति नगर टोल सुधार समितीका सचिब बेधनिध पौडेलले अहिलेसम्म २०० लिटरको ५ वटा ड्ममा रहेको मट्टितेलमा पानी रहेको भेटिएको बताउनुभयो ।

अर्का स्थानियबासी गणेश अधिकारीले भन्नुभयो सडक कालोपत्रे गर्दा मट्टितेलमा अलकत्रा घोल्नुपर्ने हुन्छ, यसमा पानीको मात्रा थोरै पर्यो भने पनि उम्लिन्छ, पानीको मात्रा हुनाले एक ड्म अलकत्रा र मटितेल उम्लेर खेर गयो । ठेकेदार गैडाकोट निवासी गौरी शंकर प्रधानले जिम्मा लिएको कालोपत्रे गर्ने कामका लागि कैलाश आयल स्टोर्सबाट मट्टितेल ल्याइएको हो । कैलाश आयल स्टोर्स नारायणगढका प्रोपाईटर शिव क्षेष्ठले भने आफुहरुको कमजोरी नभएको बताउनुभएको छ । ठेकेरदारसँग यो बिषयमा बुझ्न खोज्दा फोन नउठेको स्थानियबासी शालिग्राम सापकोटाले गुनासो गर्नुभयो । उहाँले पछिल्ला समय गैडाकोटका भित्रि सडकहरु धमाधम कालोपत्रे गर्ने लहर चलिरहेका बेला अन्य क्षेत्रका ब्यक्तिलाई कालोपत्रे गर्दा प्रयोग गरिने सामग्रीमा सचेत रहन सुुझाव दिनुभयो । 

रेडियो वालिङ्लाई १५ हजार अमेरिकी डलर


“सन्तुलित पर्यावरण, स्वच्छ वातावरण, जैविक कृषि हाम्रो चाहना” भन्ने मूल नाराका साथ प्रसारण सुरु गरेको एजीको नेपाल रेडियो वालिङलाई युनेस्कोले १५ हजार अमेरिकि डलर उपलब्ध गराउने भएको छ । हिजो एजीको नेपाल रेडियो वालिङ्का अध्यक्ष जलेश्वर पाण्डे र युनेस्कोका प्रतिनिधिहरुबिच भएको अन्तत्र्रिmयापछि रेडियोको क्षमता अभिवृद्धि तथा संचालनका लागि प्रत्येक वर्षदिने सहयोग यस वर्ष रेडियो वालिङलाई दिने भएको हो । युनेस्कोले १५ हजार अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा आज हस्ताक्षर भएको छ । २०६७ माघ १४ गते प्रसारण सुरु गरेको एजिको नेपालद्धारा संचालित रेडियो वालिङ् पश्चिमाञ्चल क्षेत्रमै पर्यावरण वातावरण तथा जैविक कृषिको क्षेत्रमा काम गर्ने पहिलो रेडियो हो ।

स्थापनादेखि नै रेडियोले यससम्बन्धी कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको छ । रेडियोको कार्यक्रम तथा यसको उद्देश्य समसामयिक र स्थानिय पक्षहरुलाई जोड दिने भएकाले पनि रेडियो समुदायमा बढि लक्षित रहेको रेडियोका अध्यक्ष जलेश्वर पाण्डेले बताउनुभयो । फोहोर व्यवस्थापन, सरसफाई, वृक्षरोपण, हरियाली व्यवस्थापन, विषादिलाई निरुत्साहित गरि व्यावसायिक जैविक कृषिका माध्यमबाट पर्यावरण तथा वातावरण जोगाई आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषयमा रेडियोले विविध रेडियो कार्यक्रम तथा तालिम प्रदान गर्दै आएको रेडियोका स्टेशन म्यानेजर कमल खनालले बताउनुभयो । रेडियोको लक्ष्य प्राप्तिका लागि स्थानियस्तरसँगै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट समेत सहयोग पाउदै आएको छ ।