::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी

गैडाकोटमा सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी मिसिएको पाइएको छ । गैडाकोट ४ र ८ को बीच भाग त्रिशक्ति मार्ग कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा ५० प्रतिशत पानीको मात्रा भएको भेटिएको हो । त्रिशक्ति नगर टोल सुधार समितीका सचिब बेधनिध पौडेलले अहिलेसम्म २०० लिटरको ५ वटा ड्ममा रहेको मट्टितेलमा पानी रहेको भेटिएको बताउनुभयो ।

अर्का स्थानियबासी गणेश अधिकारीले भन्नुभयो सडक कालोपत्रे गर्दा मट्टितेलमा अलकत्रा घोल्नुपर्ने हुन्छ, यसमा पानीको मात्रा थोरै पर्यो भने पनि उम्लिन्छ, पानीको मात्रा हुनाले एक ड्म अलकत्रा र मटितेल उम्लेर खेर गयो । ठेकेदार गैडाकोट निवासी गौरी शंकर प्रधानले जिम्मा लिएको कालोपत्रे गर्ने कामका लागि कैलाश आयल स्टोर्सबाट मट्टितेल ल्याइएको हो । कैलाश आयल स्टोर्स नारायणगढका प्रोपाईटर शिव क्षेष्ठले भने आफुहरुको कमजोरी नभएको बताउनुभएको छ । ठेकेरदारसँग यो बिषयमा बुझ्न खोज्दा फोन नउठेको स्थानियबासी शालिग्राम सापकोटाले गुनासो गर्नुभयो । उहाँले पछिल्ला समय गैडाकोटका भित्रि सडकहरु धमाधम कालोपत्रे गर्ने लहर चलिरहेका बेला अन्य क्षेत्रका ब्यक्तिलाई कालोपत्रे गर्दा प्रयोग गरिने सामग्रीमा सचेत रहन सुुझाव दिनुभयो ।