::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

रेडियो वालिङ्लाई १५ हजार अमेरिकी डलर


“सन्तुलित पर्यावरण, स्वच्छ वातावरण, जैविक कृषि हाम्रो चाहना” भन्ने मूल नाराका साथ प्रसारण सुरु गरेको एजीको नेपाल रेडियो वालिङलाई युनेस्कोले १५ हजार अमेरिकि डलर उपलब्ध गराउने भएको छ । हिजो एजीको नेपाल रेडियो वालिङ्का अध्यक्ष जलेश्वर पाण्डे र युनेस्कोका प्रतिनिधिहरुबिच भएको अन्तत्र्रिmयापछि रेडियोको क्षमता अभिवृद्धि तथा संचालनका लागि प्रत्येक वर्षदिने सहयोग यस वर्ष रेडियो वालिङलाई दिने भएको हो । युनेस्कोले १५ हजार अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा आज हस्ताक्षर भएको छ । २०६७ माघ १४ गते प्रसारण सुरु गरेको एजिको नेपालद्धारा संचालित रेडियो वालिङ् पश्चिमाञ्चल क्षेत्रमै पर्यावरण वातावरण तथा जैविक कृषिको क्षेत्रमा काम गर्ने पहिलो रेडियो हो ।

स्थापनादेखि नै रेडियोले यससम्बन्धी कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको छ । रेडियोको कार्यक्रम तथा यसको उद्देश्य समसामयिक र स्थानिय पक्षहरुलाई जोड दिने भएकाले पनि रेडियो समुदायमा बढि लक्षित रहेको रेडियोका अध्यक्ष जलेश्वर पाण्डेले बताउनुभयो । फोहोर व्यवस्थापन, सरसफाई, वृक्षरोपण, हरियाली व्यवस्थापन, विषादिलाई निरुत्साहित गरि व्यावसायिक जैविक कृषिका माध्यमबाट पर्यावरण तथा वातावरण जोगाई आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषयमा रेडियोले विविध रेडियो कार्यक्रम तथा तालिम प्रदान गर्दै आएको रेडियोका स्टेशन म्यानेजर कमल खनालले बताउनुभयो । रेडियोको लक्ष्य प्राप्तिका लागि स्थानियस्तरसँगै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट समेत सहयोग पाउदै आएको छ ।