::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

रेडियो कर्णाली दशौं वर्षमा

ग्रामिण सामुदायिक रेडियो कर्णाली एफएम आजदेखि नौ वर्ष पुरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । कर्णालीको विकासमा लागि सञ्चार माध्यमको भूमिकालाई मध्येनजर गर्दै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाकले २०६१ साल असार ३ गते रेडियोको स्थापना गरेको हो । रेडियो कर्णालीले यस वर्षलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने भएको छ । नवौं वार्षिकोत्सवको अवसरमा रेडियोले आउँदो असारसम्मलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने निर्णय गरेको हो ।

आज एक कार्यक्रमका बीच यसको औपचारिक घोषणा गरिने स्टेशन म्यानेजर गोरख बहादुर थापाले जानकारी दिनुभयो । सुशासनलाई प्रवद्र्धन गर्न तथा सार्वजनिक निकायलाई पारदर्शि, नागरिकप्रति जवाफदेहि र उत्तरदायि बनाउन पहल गर्ने उद्देश्यले वर्ष मनाउन लागिएको उहाँको भनाइ छ । सरकारले आगामी मंसिर ४ गतेका लागि मिति घोषणा गरिसकेको संविधानसभा निर्वाचनका लागि पनि सघाउने रेडियोले निर्णय गरेको छ । नवौ वार्षिक उत्सवको अवसरमा रेडियोले एक वर्षका लागि “सुशासन पारदर्शिता र जवाफदेहिता, रेडियो कर्णालीको अभियान, लोकतन्त्र र मानवअधिकार सुनिश्चितताका लागि संविधानसभा निर्वाचन” भन्ने नारा तय गरेको छ ।