::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

अरबको रहरले निम्त्यायका पिडाहरु

राम पौडेल

गाउँभरी हल्ला चल्दैछ रामे अरवबाट आयो रे ! अस्ती सम्म गाउँमा हल्लिदै जम्दार बाकोमा काम गर्थ्यो, हेर मान्छेका दिन आएपछी कतिबेर लाग्छ र ! कती राम्रो भएको बाइ । त्यती लुरे अनी कालो न कालो थियो अहिले त टन्न मोटाएको । गोरो पनि भएको । हातमा घडी सुनको औठी अनी बडेमानको टेप घन्काउदै आएको । पैसा पनि मनग्य कमायाको छ रे ! अनी छुट्टीमा आएको रे । फेरी २ महिनापछी जाने रे । हेर त त्यो बाटुलीका क्या दिन आए । गाउका आईमाईहरु एकापशमा कुरा गर्दछन । यतिकैमा सुन्तलीले, ‘भन्छे के गर्नु बाइ जो सुकै आउनजाउन जे सुकै ल्याउन के मत्लब ! आफ्ना बुढा त एकदिन घर छोड्न सक्ने हैनन् ।’ अली इस्र्यालु सैलीमा आफ्नो भाब पोख्छे । यतिकैमा सबै आ–आफ्नो घर लाग्छन । सुन्तली खाना बनाउछे, छोराछोरीलाई खुवाउछे, तर उसको मनमामात्र रामेको कुरा खेली रहन्छन् । छोराछोरी सुती सक्छन । सुन्तली अगिनाको छेउमा अनेक कल्पना गर्दै बसेकी हुन्छे । श्याम टुप्लुक्क आइपुग्छ । सुन्तली यक्कासी झकिए झै बोल्छे,‘खाना खानपनि समयमा नआउने ।’ श्याम नम्र भएर भन्छ, ‘नरिसाउन तल्लो खेतमा गएको थिएँ, सानो पैरो गएछ, त्यो पन्छाउन समय लाग्यो । अनी केटा केटीले खाना खाए ?’ सुन्तली, ‘हजुर खार सुती सके ।’ ए ल खान पस्क न हामीपनि खाउँ, सार्है थकाई लागेको छ । खाना पस्किँदै सुन्तली भन्छ,‘त्यो रामे त अरबबाट आएछ नि ! ऐ हो ? ‘कती चाडै आयो त ?’ केको चडो हुनु दुई वर्ष भयो रे नि । कती गोरो भएको, मोटायको, पैसा पनि मनग्य कमायाको छ रे । जम्दार बाको तल्लो बारी किन्ने भन्दै छ रे । अस्ती सम्म अर्काको घरमा काम गर्दै हिड्थ्या, आज हेर्नुस् त बाटुलिको भुइमा खुट्टा छैन । आफ्नो भने कतै केही गर्न सकेको हैन । एउटा गतिलो साडी लगाउन नपाइ जाने भो जिन्दगी । श्याम शान्त स्वरमा त्यस्तै हो सुन्तली कस्ले के गरे भन्नु भन्दा पनि सन्तुस्ट हुनु पर्छ नि ।
खाना खाई सक्छन । श्याम ओछयानमा गएर पल्टिन्छ ऐक्कासी सुन्तलिले गरेको ब्यङय बाड गम्भिर भएर सोचिरहेको हुन्छ । सुन्तली आफ्नो जुठो भाडो सकेर आउछे । ऐ ! अझ सुत्नु भएको छैन ? अह ! निन्द्रा नै लागेन । ल आउन बस । सुन्तली ओछयानको छेउमा आएर बस्छे । सुन्तली, यौटा कुरा भनौ ? भनन के कुरा हो ? त्यसको लागि पनि सोध्न पर्छ त ? अब महंगीले आकाश छोया,े छोराछोरी ठुला हुदै छन, आम्दानिको नाममा यसो यही २,४ माना दुध बेच्नु बाहेक केही छैन । तिनिहरुलाई पढाउन प-यो भोली बिहे गर्न पर्छ, यो घर पनि बाका पालाको पोहोर साल चुहियर बर्बाद भयो, यसो सज्न पर्ने । कमाइ राम्रै हुदो रहेछ । शहरका लाहुरे बाले अरब पठाउनु हुन्छ रे । एकपटक गएर यसो बुझ्नु भए त हुने थियो । त्यो रामेले त कमाएर आयो भने तपाईंमा के कमी छ र ?
श्याम सुन्तलीका कुरा सुनी रहयो । सुस्केरा हाल्दै त्यो त हो । त्यसो भए मेरा लुगा झोलामा राखिदेउ न त । म भोली लाहुरे बालाई भेटेर आउछु, के भन्छन् । सुन्तली मनमनै खुशी हुन्छे दुबैजना ओछयानमा पल्टिन्छन । सुन्तली अनेक सपना बुन्न थाल्छे भने श्याम पनि अनेक कुरा सोच्न बिबस हुन्छ । बिहान उज्यालो हुन्छ । सुन्तली चिया लिएर श्यामको ओछयानमा आइपुग्छे । हैन उठ्ने बेला भएन ? ऐ म त भुसुक्कै निदाएछु । चिया लिनुस्, ल टेबुलमा खाजा पनी । सुन्तली, सुन त मेरा कपडा झोलामा राखिदियौ त ? हजुर सबै तयार छ, अनी बाटोमा खाजा खान पुवा पनि राखिदिएकी छु । श्याम चिया पिउछ अनी स्नान गर्न जान्छ । खाना खाएर सुन्तलीलाई सम्झाउछ, ‘छोराछोरीको अनी गाईबस्तुको ख्याल गरेस, भर्सक म चाडै फर्कन्छ’ु है भन्दै शहर लाग्छ श्याम । लाहुरे बाको घरमा पुग्छ, अभिबादन गर्छ, अनी लाहुरे बा सोध्छन, ‘हैन श्यामे आज कताबाट बाटो बिराएको ? घरमा केटाकेटी सञ्चै छन ? के केकसो छ त गाउ तिरको खबर ? ठुल्दाइको घरमा सबै सञ्चै होलान । धेरै भयो गाउ जान पनि पाएको छैन ।’ श्यामपनि लाहुरेको सबै कुरा बताउछ । अनी कपाल कनाउदै आफ्नो उदेश्यबारे बताउछ । यहा“ बसेर केही गर्न सकिएन लाहुरे बा । कमाइ न भएपछी बाच्न गार्हो हुने । म त हजुरले अरब पठाउनु हुन्छ भन्ने सुनेर म माथि पनि कृपा गर्नु हुन्थ्यो कि भनी आएको । लाहुरे बा अच्छा यो पो कुरा हेर श्यामे धेरै मान्छे पठाएँ मैले । सबैले राम्रो नै गरेका छन । तँ पनि जान्छस भने पठाइदिउला किन आतिएको ?
लाहुरे बाको यस्तो उत्तर पाएपछी श्यामको मनमा खुशी छाउँछ । त्यसो भए पासपोर्ट बनाएर आइजा । श्याम लाहुरे बाको कुरामा मन्जुरी जनाउदै घर फर्कन्छ । घरमा सुन्तली प्रतिक्षा गरी रहेकी हुन्छे । जब श्याम घरमा आउछ, एक्कासी सोध्न पुग्छे के भयो, भेट्यौ त लाहुरे बा लाई ? श्याम –ऐ भेटँे सबै कुरा भए पठाइदिन्छु पनि भनेका छन, तर पैसा धेरैनै लाग्दो रहेछ, एक लाख लाग्छ रे, कहा“बाट जम्मा गर्नु ? सुन्तली म स“ग भएको माड्बारी अनी तिलहरी काजीकोमा राखाँै अनी त्यो तल्लो खेत राख्यो भने त काजीले दिलान् नि पैसा । खै भोली गएर बिन्ती गर्न पर्ला । श्याम भोलीपल्ट् काजीकोमा जान्छ र काजीकाँ र पैसा लेराउँछ अनी पासपोर्ट बनाएर श्याम शहर जान्छ लाहुरे बालाई भेट्छ । लाहुरे बाले सबै मेसो मिलाउछन अनी भन्छन, ‘अहिले तँ घर जा भिसा आएपछी खबर गर्छु ।’ श्याम घर आउछ केही दिन पछी लाहुरे बाले खराब गर्छन्, श्याम घरमा सुन्तली छोराछोरी स“ग बिदा हुन्छ अनी लाग्छ अरबको यात्रामा ।
शहरमा आएपछी लाहुरे बाले सबै कागजाज मिलाएका हुन्छन । पासपोर्ट अनी जहाजको टिकट हातमा थम्याउदै लाहुरे बाले भन्छन, ‘राम्रोस“ग जा, काम राम्रोस“ग गर, यसो कहिलेकाहीँ सम्झिदै गर ।’ श्याम हस भन्दै बिदा हुन्छ र विमानस्थल तिर लाग्छ । जब विमानस्थल पुग्छ उसलाई सबै नया“ लाग्छ, अनौठो लाग्छ । ति लालाबाला छोराछोरी अनी सुन्तलीको यादले मन भक्कानिन्छ, तर के गरोस् बिबस छ श्याम । अगाडि बड्छ बिमानस्थल को सबै प्रकृया सकिन्छ अनी जहाजमा जान्छ, तर श्यामले नेपाली आफुलाई मात्र देख्छ, झन आतिन्छ । आतिदाआतिदै आफ्नो मात्रिभूमि छोड्न पुग्छ । केही घण्टापछी श्याम अरबमा ।
गाउँठाउ“को श्याम अछरल्ल पर्छ यहा“को बिमानस्थलको क्रियाकलाप देख्दा टोलाई रहन्छ । वारीपारी हेर्छ नितान्त उजाड बालुवा बलुवाले भरिएको रेगिस्थान भिन्न मान्छे भिन्न रितीरीवाज भिन्न भाषा श्यामको मन भक्कानिन्छ । यतिकैमा एउटा सेतो लुगा लगाएको अरबी आउछ उसलाई सोध्छ तर श्यामले उसले भनेको बुझ्दैन टोलाई रहन्छ । फेरी अरबीले नजिकै उभियको मान्छेलाई सहयोग गर्न भन्छ । नजिकैको मान्छे श्यामतिर आउछ अनी सोध्छ तपाईं नेपाली हो ? श्याम हजुर । नाम के हो तपाईंको श्याम । ऐ, यो तपाईंको मालिक हो, तपाईंलाई लिन आएको जानुस् ऊ सग । श्याम सहमति जनाउदै अरबीतिर लाग्छ । अरबिले श्यामलाई झोला गाडीको पछाडि राख्न इसारा गर्छ श्याम झोला राख्छ अनी गाडीमा बस्छ । अरबी गाडी स्टार्ट गर्छ अनी सोध्छ कि फालक ? श्याम टोलाउछ किन कि के भनेको भन्ने बुझ्दैन । यती बेला गाडीमा कुदी रहेका छन श्यामको मनमा भने अत्यास लागेको छ । सानासाना छोरा छोरी खेलेको सुन्तली, गाईबस्तु सबैको यादले गर्लम्म अगालो हाल्न पुग्छ । तर बिबस श्याम आफु आफैलाई सम्हाल्न बिबस हुन्छ । केही बेर पछी एउटा मरोभुमिको बिचमा रहेको गोठ जस्तो ठाउमा लगेर छोड्छ अरबिले । त्यहा यकजना पहिलाबाट नै काम गर्दै गरेको नेपाली तिलक भन्ने हुन्छ । अरबिले तिलकलाई बोलाउछ अनी भन्छ, यो नया“ आएको आजबाट तिमीस“ग काम गर्छ । तिलकले हस् भन्छ । अनी श्यामलाई सोध्छ नेपाली हो ? श्याम नेपालीमा बोली सुन्दा हल्का खुशी हुन्छ । अनी भन्छ हजुर । ऐ ल आउनुस् बस्नुस् । यतिकैमा अरबी श्यामलाई छोडि त्यहाबाट जान्छ ।
श्याम–तिलक आपसमा परिचय गर्छन । तिलक बिगत २ बषादेखि एक्लै थियो । नेपाली आवाज सम्म सुन्नपनि पाएको थिएन । जब श्याम आयो खुशीले गहभरी आशु लियर कथा श्यामलाई कहन लाग्यो । तिलक पनि श्यामको जस्तै सपना देखेर अरब आएको थियो । तर बिडम्बना यहा“ उशले सोचे भन्दा भिन्न रहेछ । उसको काम भेडा चराउने अनी तिनैको रेखादेख गर्नु थियो । सुख थिएन । गैरी खेत बन्धक राखेर शाहुबाट लिएको पैसा तिर्न सकेको थिएन । किन कि मालिकले तलब दिदैनथ्यो । तलबको कुरा ग¥यो कि पिट्न थाल्थ्यो । मान्छे एक्पटक मर्छ तर तिलक पलपल मरेर बाचेको थियो । जब श्याम तिलकको कुरा सुन्दछ, अनी त्यही नितान्त रेगिस्तानको बिचमा रहेको सानो तिर्पाल लगाएको ठाउनै आफ्नो अरब भएको थाहा पाउछ । उशका सपनाहरु यक्कासी सिसा फुटे झै चक्नाचुर हुन पुग्छन । उशको आत्मविश्वाशको बोट जरै देखी ढल्न पुग्छ । उसले ति लालाबाला छोराछोरीलाई सम्झन्छ । सुन्तलीलाई सम्झन्छ गाउघर सबै सम्झन्छ । उसका गहबाट बषातको झरी झै आशु बगिरहन्छन । श्याम पगाल झै बन्न पुग्छ तर तिलक श्यामलाई सम्झाउन कोशीश गर्छ । बारबार शम्झाउछ । दिन वित्दै जान्छ श्यामको स्वास्थ्य स्थित नाजुक बन्दै जान्छ । यकदिन मालिक आउछ तिलकले श्यामको स्वास्थ्य स्थिती ठीक न भएको उसलाई उपचारको जरुरी भएको बताउछ तर वास्ता गर्दैन । तिलक श्यामको स्थिती देख्दा झन आतिन्छ तर तिलकको सामु कुनै उपाय हु“दैन ।
तिलक मन थाम्न सक्दैन श्याम बेहोस् अवस्थामा छ । तिलक भगवानको नाम जपी रहेको छ उ स“ग अर्को उपाय भन्ने छैन त्यो नितान्त मरोभुमिको एकान्त ठाउ“मा । भगवानले तिलकको आवाज सुन्नु भएछ कि कुन्नी तिलकले परबाट एउटा गाडी आएको देख्छ । हतारहतार त्यता तिर भाग्छ, अनी ईशारा गर्छ त्यो गाडी तिलक भएको ठाउ“मा आउछ । गाडीमा एउटा जोडी मरोभुमिको सयर गर्न आएको हुन्छ । तिलाकले आफुहरुको बारेमा अनी श्यामको अवस्थाको बारेमा बताउछ किन कि तिलक लाई हल्का अरबी बोल्न आउथ्यो । त्यो जोडी लाईपनि मन पलाएछ । दुबैलाई गाडीमा राख्छन र होस्पिटलमा लगेर छोडिदिन्छन । श्याम केही ठीक हुन्छ । तिलक डराइ रहेको छ, कतै फेरी त्यही साहु आउने हो कि भन्दै । यतिकैमा एक नेपाली श्याम भएको होस्पिटलको कोठामा झाडु मार्दै आउछ तिलकले परिचय गर्छ । अनी उसलाइ गर्छ । ऊसले एक जना अर्को नेपाली दाई लिएर आउछ । ति दाईले यहा सानो तिनो ठेक्का पट्टा को काम गर्दा रहेछन । अनी दुबै जना लाई लिएर गए । अहिले श्याम अनी तिलकले केही राहातको साश फेरी रहेका छन । तिनै दाई सग काम गर्दै छन र उनी लाई भगवान नै मान्दछन् । र टिकटको पैसा भए पछी घर पठाइ दिन अनुरोध गरेका छन । घर परिवारको याद अरबमा भोगेको पिडा अनी काजीसग बन्दक राकेको खेतपनि जाने भयो भन्ने पिडाले एकातिर मन भक्कानियको छ भने अर्कोतिर कतै फेरी त्यही पहिलाको नर्कमा जान पर्ने त हैन भनी पिडाको सागरमा तैरियर अरबमा दिन काट्न बिबस छन् ।
                                                                         ढिकुर पोखरी–५ कास्की, हाल कतार