::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

किसानहरु कृत्रिम गर्भाधानतर्फ

सल्यानमा पशुपालक कृषकहरु कृत्रिम गर्भाधानतिर आर्कषित हुदै गएका छन् । जिल्ला पशु सेवा कार्यालयले बाहिरबाट उन्नत राँगा र बहरको विर्य ल्याई कृत्रिम गर्भाधान गराउने व्यवस्था मिलाएपछि आज भोली कृषकहरु कृत्रिम गर्भाधान तिर आर्कषित भएका हुृन् । गत वर्षदेखि कृत्रिम गर्भाधान कार्यक्रम स्थानीयरुपमा गाउँगाउँमा पुगेपछि किसानहरु कृत्रिम गर्भाधानप्रति विश्वस्त हुन थालेका हन् ।

गतवर्ष २ सय ५० पशुलाई कृत्रिम गर्भाधान गराईएको सल्यानमा यसवर्ष ३ सय पशुहरुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालय सल्यानका नायव पशुस्वास्थ्य प्राविधिक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो । कृषकहरुलाई सहज तरिकाले सेवा दिने उद्येश्यका साथ जिल्लाका कपुरकोट, भोटेचौर थारमारे  इलाकामा कृत्रिम गर्भाभान सेवाको सञ्चालन गरिएको छ ।