::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी

गैडाकोटमा सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी मिसिएको पाइएको छ । गैडाकोट ४ र ८ को बीच भाग त्रिशक्ति मार्ग कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा ५० प्रतिशत पानीको मात्रा भएको भेटिएको हो । त्रिशक्ति नगर टोल सुधार समितीका सचिब बेधनिध पौडेलले अहिलेसम्म २०० लिटरको ५ वटा ड्ममा रहेको मट्टितेलमा पानी रहेको भेटिएको बताउनुभयो ।

अर्का स्थानियबासी गणेश अधिकारीले भन्नुभयो सडक कालोपत्रे गर्दा मट्टितेलमा अलकत्रा घोल्नुपर्ने हुन्छ, यसमा पानीको मात्रा थोरै पर्यो भने पनि उम्लिन्छ, पानीको मात्रा हुनाले एक ड्म अलकत्रा र मटितेल उम्लेर खेर गयो । ठेकेदार गैडाकोट निवासी गौरी शंकर प्रधानले जिम्मा लिएको कालोपत्रे गर्ने कामका लागि कैलाश आयल स्टोर्सबाट मट्टितेल ल्याइएको हो । कैलाश आयल स्टोर्स नारायणगढका प्रोपाईटर शिव क्षेष्ठले भने आफुहरुको कमजोरी नभएको बताउनुभएको छ । ठेकेरदारसँग यो बिषयमा बुझ्न खोज्दा फोन नउठेको स्थानियबासी शालिग्राम सापकोटाले गुनासो गर्नुभयो । उहाँले पछिल्ला समय गैडाकोटका भित्रि सडकहरु धमाधम कालोपत्रे गर्ने लहर चलिरहेका बेला अन्य क्षेत्रका ब्यक्तिलाई कालोपत्रे गर्दा प्रयोग गरिने सामग्रीमा सचेत रहन सुुझाव दिनुभयो । 

रेडियो वालिङ्लाई १५ हजार अमेरिकी डलर


“सन्तुलित पर्यावरण, स्वच्छ वातावरण, जैविक कृषि हाम्रो चाहना” भन्ने मूल नाराका साथ प्रसारण सुरु गरेको एजीको नेपाल रेडियो वालिङलाई युनेस्कोले १५ हजार अमेरिकि डलर उपलब्ध गराउने भएको छ । हिजो एजीको नेपाल रेडियो वालिङ्का अध्यक्ष जलेश्वर पाण्डे र युनेस्कोका प्रतिनिधिहरुबिच भएको अन्तत्र्रिmयापछि रेडियोको क्षमता अभिवृद्धि तथा संचालनका लागि प्रत्येक वर्षदिने सहयोग यस वर्ष रेडियो वालिङलाई दिने भएको हो । युनेस्कोले १५ हजार अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा आज हस्ताक्षर भएको छ । २०६७ माघ १४ गते प्रसारण सुरु गरेको एजिको नेपालद्धारा संचालित रेडियो वालिङ् पश्चिमाञ्चल क्षेत्रमै पर्यावरण वातावरण तथा जैविक कृषिको क्षेत्रमा काम गर्ने पहिलो रेडियो हो ।

स्थापनादेखि नै रेडियोले यससम्बन्धी कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको छ । रेडियोको कार्यक्रम तथा यसको उद्देश्य समसामयिक र स्थानिय पक्षहरुलाई जोड दिने भएकाले पनि रेडियो समुदायमा बढि लक्षित रहेको रेडियोका अध्यक्ष जलेश्वर पाण्डेले बताउनुभयो । फोहोर व्यवस्थापन, सरसफाई, वृक्षरोपण, हरियाली व्यवस्थापन, विषादिलाई निरुत्साहित गरि व्यावसायिक जैविक कृषिका माध्यमबाट पर्यावरण तथा वातावरण जोगाई आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषयमा रेडियोले विविध रेडियो कार्यक्रम तथा तालिम प्रदान गर्दै आएको रेडियोका स्टेशन म्यानेजर कमल खनालले बताउनुभयो । रेडियोको लक्ष्य प्राप्तिका लागि स्थानियस्तरसँगै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट समेत सहयोग पाउदै आएको छ ।

रेडियो कर्णाली दशौं वर्षमा

ग्रामिण सामुदायिक रेडियो कर्णाली एफएम आजदेखि नौ वर्ष पुरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । कर्णालीको विकासमा लागि सञ्चार माध्यमको भूमिकालाई मध्येनजर गर्दै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाकले २०६१ साल असार ३ गते रेडियोको स्थापना गरेको हो । रेडियो कर्णालीले यस वर्षलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने भएको छ । नवौं वार्षिकोत्सवको अवसरमा रेडियोले आउँदो असारसम्मलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने निर्णय गरेको हो ।

आज एक कार्यक्रमका बीच यसको औपचारिक घोषणा गरिने स्टेशन म्यानेजर गोरख बहादुर थापाले जानकारी दिनुभयो । सुशासनलाई प्रवद्र्धन गर्न तथा सार्वजनिक निकायलाई पारदर्शि, नागरिकप्रति जवाफदेहि र उत्तरदायि बनाउन पहल गर्ने उद्देश्यले वर्ष मनाउन लागिएको उहाँको भनाइ छ । सरकारले आगामी मंसिर ४ गतेका लागि मिति घोषणा गरिसकेको संविधानसभा निर्वाचनका लागि पनि सघाउने रेडियोले निर्णय गरेको छ । नवौ वार्षिक उत्सवको अवसरमा रेडियोले एक वर्षका लागि “सुशासन पारदर्शिता र जवाफदेहिता, रेडियो कर्णालीको अभियान, लोकतन्त्र र मानवअधिकार सुनिश्चितताका लागि संविधानसभा निर्वाचन” भन्ने नारा तय गरेको छ ।

किसानहरु कृत्रिम गर्भाधानतर्फ

सल्यानमा पशुपालक कृषकहरु कृत्रिम गर्भाधानतिर आर्कषित हुदै गएका छन् । जिल्ला पशु सेवा कार्यालयले बाहिरबाट उन्नत राँगा र बहरको विर्य ल्याई कृत्रिम गर्भाधान गराउने व्यवस्था मिलाएपछि आज भोली कृषकहरु कृत्रिम गर्भाधान तिर आर्कषित भएका हुृन् । गत वर्षदेखि कृत्रिम गर्भाधान कार्यक्रम स्थानीयरुपमा गाउँगाउँमा पुगेपछि किसानहरु कृत्रिम गर्भाधानप्रति विश्वस्त हुन थालेका हन् ।

गतवर्ष २ सय ५० पशुलाई कृत्रिम गर्भाधान गराईएको सल्यानमा यसवर्ष ३ सय पशुहरुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालय सल्यानका नायव पशुस्वास्थ्य प्राविधिक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो । कृषकहरुलाई सहज तरिकाले सेवा दिने उद्येश्यका साथ जिल्लाका कपुरकोट, भोटेचौर थारमारे  इलाकामा कृत्रिम गर्भाभान सेवाको सञ्चालन गरिएको छ ।