::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

तस्करले बाघ नमारोस्,बाघले मान्छे नमारोस्

यो पटकको बाघ दिवस साउन १४ गतेका दिन चितवन, काठमाडौँ र बर्दियामा विशेष कार्यक्रम भए । गएको माघदेखि जेठसम्म भएको बाघ गणनाको नतिजा सो कार्यक्रममा सार्वजनिक गरियो । तराई क्षेत्रको रौतहटदेखि कञ्चनपुरसम्मका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, जैविक मार्ग, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रहरुमा भएको गणनाले कतै बाघको संख्यामा केही सुधार भएको, कतै केही घटेको, कतै ह्वात्तै बढेको देखायो । समग्रमा देशभर बाघको संख्या बढेको पाइयो । चार वर्षअघि वि.सं. २०६६ सालमा सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालभर १२१ बाघ थिए । यसपटक १९८ पुग्यो ।
सरकारले आउँदो नौ वर्षभित्र अर्थात् सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २५० को हाराहारीमा पु¥याउने लक्ष्य राखेको छ । सन् २००९ मा भेटिएका भन्दा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने काम असम्भवै त नहोला, तर चुनौतीरहित भने पक्कै छैन । नेपालमा सबैभन्दा बढी बाघ पाइने क्षेत्र चितवनमा बसेर नियाल्दा यो लक्ष्यको मुख्य तगारो भनेको चोरीसिकार र मानवमाथि बाघको बढ्दो आक्रमण देखिन्छ ।
चितवन निकुञ्जमा सन २००९ मा भएको गणनामा ९१ वटा वयस्क बाघ भेटिएका थिए । त्यसका आधारमा चितवनमा अधिकतम १४७ वटा बाघ रहेको अनुमान थियो । त्यसको एक वर्षपछि चितवन निकुञ्जको चुरे क्षेत्रमा मात्रै बाघको अनुगमन गर्दा ३४ वयस्क बाघ फेला परेका थिए, जसका कारण चितवनमा १२५ वयस्क बाघ रहेको निकुञ्जले जानकारी दिएको थियो । तर, यस पटक चितवनमा न्यूनतम ९८ देखि अधिकतम १३९ र औसत अर्थात् कुल १२० बाघ रहेका छन् । सन् २००९ मा भएको गणनामा ९१ र त्यसको एक वर्षपछि चुरेमा भएको अनुगमनमा फेला परेका ३४ गरी कुल १२५ वयस्क बाघभन्दा यस पटक पाँचवटा कम बाघ फेला परेका छन् ।
चितवनमा बाघ घटे वा बढेभन्दा पनि मानवमाथि लगातार हुने गरेको आक्रमण चिन्ताको विषय बनेको छ । गएको आर्थिक वर्षमा चितवन निकुञ्जआसपासका क्षेत्रमा जंगली जनावरको आक्रमणमा परेर १६ जनाले ज्यान गुमाएको निकुञ्ज प्रशासनले जानकारी गराएको छ । बाघ दिवसका दिन चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यसरी मर्नेमध्ये आधा अर्थात् आठ जनालाई बाघले नै आक्रमण गरेको छ ।
योभन्दा अघिल्लो आर्थिक वर्षमा बाघका कारण चार जनाको मृत्यु भएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणमा परेर मर्ने कोही पनि थिएनन् । अर्थात्, शून्यबाट चार अनि आठ गरेर मान्छेहरु मरिरहेका छन् । सन् २०२२ सम्म बाघ दोब्बर बनाउने लक्ष्य पूरा होला वा नहोला, तर बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या दोब्बर भइसकेको छ । त्यसैले, यो ज्यादै चिन्ताको विषय हो । स्थानीयमाथि जनावरले गर्ने आक्रमण नरोकिए संरक्षणप्रति उनीहरुलाई उत्प्रेरित गर्न गाह्रो हुन्छ । स्थानीयको जागरूकता र सक्रिय सहभागिताबिना संरक्षण कार्य प्रभावकारी बन्दैन ।
स्थानीयमाथि बाघको आक्रमण किन बढ्दो छ ? यसप्रति ध्यान दिन आवश्यक छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण भुर्तेलको अनुभवमा बाघको आहारा निकुञ्जमा घट्दो छ । अहिले भएको गणनाले पनि यो कुरालाई पुष्टि गरेको छ । बाघ धेरै पाइने चितवन निकुञ्ज, बर्दिया निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमध्ये बाघको आहारा प्रजातिको सबैभन्दा कम घनत्व चितवन निकुञ्ज क्षेत्रमा नै छ ।
चितवन निकुञ्जआसपासमा मध्यवर्ती सामुदायिक वनको राम्रो विकास भएको छ । राम्रो घाँस पाइने भएका कारण जरायो, चित्तलले बथान बढाएका छन् सामुदायिक वनहरुमा । जरायो, चित्तल भएको ठाउँमा बाघ आउने नै भयो ।
आहारा खोज्दै आउने बाघ र घाँसदाउरा लिन मध्यवर्ती वन पस्ने गाउँलेहरुबीच जम्काभेट बढ्न थालेको हो भन्छन् भुर्तेल । बाघले धेरै दुःख दिने मेघौली क्षेत्रका बासिन्दा हुन् उनी । संख्या बढाउने योजनामा लागेको सरकारले निकुञ्जभित्रका घाँसे मैदानको अवस्था सुधारेर बाघको आहारा प्रजातिका जनावरहरु चित्तल, जरायोको संख्या बढाउन सुझाव दिन्छन्, भुर्तेल । बाघ निकुञ्जभन्दा बाहिर नआउने उपायको खोजीमा लाग्नु उत्तम हुने उनको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको भनाइलाई आधार मान्ने हो भने बाघको आनीबानी थाहा पाउने हो भने उसको आक्रमणबाट जोगिन सकिन्छ । तर, उसको आनीबानी के–कस्तो हो, सिकाउने कसले ? बस्तीमा लगातार बाघ आक्रमणका घटना बढिरहँदा स्थानीयलाई सचेत बनाउने विषयमा सरकारले अहिलेसम्म कुनै कार्यक्रम गरेको भोग्न तथा सुन्न पाइएको छैन । स्थानीयलाई असुरक्षित बनाएर संरक्षणमा फलदायी काम गर्न सकिन्न भन्ने कुरा सरकारले बेलैमा बुझ्न आवश्यक छ ।
बाघ संरक्षणको अर्को चुनौती यसको चोरीसिकार नै हो । गैँडा मारेर खाग मात्रै लैजान्छन्, अजङको शरीर त्यसै छाड्छन् । त्यसैले, तस्करले मारेको गैँडाको सूचना बाहिर आउँछ । बाघको बारेमा अप्ठ्यारो के हो भने यसका रौँ, हड्डी, छालादेखि लगभग सबै अंगप्रत्यंग बिक्री हुने भएकाले तस्करले मारेको बाघको अवशेषसम्म राख्दैनन् । त्यसैले, बाघको सिकार कति भयो भनी पत्ता लगाउन गाह्रो हुन्छ । तर, सिकार भई नै राखेको हुन्छ ।
तस्करहरु कति चलाख छन् भन्ने कुरा बर्दियामा भएको घटनाले नै पुष्टि गर्छ । वि.सं. २०६७ सालको असोजमा चितवनमा एउटा बाघ होटलमा फेला प¥यो । उद्धारपछि केही समय चितवन निकुञ्जको कसरामा पशुचिकित्सकको रेखदेखमा रहेपछि बाघ स्वस्थ भयो । त्यसलाई बर्दिया लगेर छाड्ने निर्णय भयो । नमो बुद्ध नाम राखेर सो बाघलाई निकै तामझामका साथ बर्दिया लगियो । बाघको घाँटीमा सेटलाइट जडित रेडियोकलर बाँधियो । त्यस प्रकारको अत्याधुनिक रेडियोकलरले काठमाडौँमा बसेर नै बाघ कहाँ छ, पत्ता लाग्छ भनियो ।
तर, केही दिनपछि एकाएक बाघ गायब भयो । खोजी गर्दै जाँदा बाघ फेला परेन, रेडियोकलर भने भेटियो । अधिकारीहरुले बाघ चोरी तस्करले नै मारेको ठहर गरे । बाघ तस्करहरु कति शक्तिशाली छन् भन्नका लागि यो उदाहरण नै काफी छ । भारतका विभिन्न संरक्षित क्षेत्रहरुमा चोरीसिकारका घटना बढेको खबर त्यहाँका सञ्चारमाध्यममा आइरहेका छन् । त्यसमाथि, डरलाग्दो अर्को खबर पनि छ, कुख्यात बाघ तस्कर संसारचंदको रिहाइ ।
भारत राजस्थानमा रहेको सरिस्का नेसनल पार्कका पूरै बाघ मारेर अंगको कारोबार गरेको आरोप लागेका संसारचंद केही दिनमै छुट्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २००५ मा समातिएका संसारचंदमाथि लागेका आरोपहरुको पर्याप्त प्रमाण नभएपछि दुई सय बाघ मार्ने मुद्दाका अभियुक्त संसार रिहा हुँदा नेपालमा पनि तस्करहरुले टाउको उठाउने जमर्को अवश्य गर्नेछन् ।
संसारचंद जेलबाट छुटेर बाघको अंगको कारोबारमा फेरि हात हालेमा भारतका मात्रै होइन, नेपालका बाघ पनि उनको निशानामा पर्नेछन् । चोरीसिकार पहिलाको भन्दा झनै बढेर जाने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । तस्करले बाघ नमारुन् र बाघले स्थानीयलाई नमारोस्, यी दुई कुरालाई ध्यानमा राखेर संरक्षण योजना बनाए सफलता अवश्य मिल्नेछ ।
 

सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी

गैडाकोटमा सडक कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा पानी मिसिएको पाइएको छ । गैडाकोट ४ र ८ को बीच भाग त्रिशक्ति मार्ग कालोपत्रे गर्दा प्रयोग गरिने मट्टितेलमा ५० प्रतिशत पानीको मात्रा भएको भेटिएको हो । त्रिशक्ति नगर टोल सुधार समितीका सचिब बेधनिध पौडेलले अहिलेसम्म २०० लिटरको ५ वटा ड्ममा रहेको मट्टितेलमा पानी रहेको भेटिएको बताउनुभयो ।

अर्का स्थानियबासी गणेश अधिकारीले भन्नुभयो सडक कालोपत्रे गर्दा मट्टितेलमा अलकत्रा घोल्नुपर्ने हुन्छ, यसमा पानीको मात्रा थोरै पर्यो भने पनि उम्लिन्छ, पानीको मात्रा हुनाले एक ड्म अलकत्रा र मटितेल उम्लेर खेर गयो । ठेकेदार गैडाकोट निवासी गौरी शंकर प्रधानले जिम्मा लिएको कालोपत्रे गर्ने कामका लागि कैलाश आयल स्टोर्सबाट मट्टितेल ल्याइएको हो । कैलाश आयल स्टोर्स नारायणगढका प्रोपाईटर शिव क्षेष्ठले भने आफुहरुको कमजोरी नभएको बताउनुभएको छ । ठेकेरदारसँग यो बिषयमा बुझ्न खोज्दा फोन नउठेको स्थानियबासी शालिग्राम सापकोटाले गुनासो गर्नुभयो । उहाँले पछिल्ला समय गैडाकोटका भित्रि सडकहरु धमाधम कालोपत्रे गर्ने लहर चलिरहेका बेला अन्य क्षेत्रका ब्यक्तिलाई कालोपत्रे गर्दा प्रयोग गरिने सामग्रीमा सचेत रहन सुुझाव दिनुभयो । 

रेडियो वालिङ्लाई १५ हजार अमेरिकी डलर


“सन्तुलित पर्यावरण, स्वच्छ वातावरण, जैविक कृषि हाम्रो चाहना” भन्ने मूल नाराका साथ प्रसारण सुरु गरेको एजीको नेपाल रेडियो वालिङलाई युनेस्कोले १५ हजार अमेरिकि डलर उपलब्ध गराउने भएको छ । हिजो एजीको नेपाल रेडियो वालिङ्का अध्यक्ष जलेश्वर पाण्डे र युनेस्कोका प्रतिनिधिहरुबिच भएको अन्तत्र्रिmयापछि रेडियोको क्षमता अभिवृद्धि तथा संचालनका लागि प्रत्येक वर्षदिने सहयोग यस वर्ष रेडियो वालिङलाई दिने भएको हो । युनेस्कोले १५ हजार अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा आज हस्ताक्षर भएको छ । २०६७ माघ १४ गते प्रसारण सुरु गरेको एजिको नेपालद्धारा संचालित रेडियो वालिङ् पश्चिमाञ्चल क्षेत्रमै पर्यावरण वातावरण तथा जैविक कृषिको क्षेत्रमा काम गर्ने पहिलो रेडियो हो ।

स्थापनादेखि नै रेडियोले यससम्बन्धी कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको छ । रेडियोको कार्यक्रम तथा यसको उद्देश्य समसामयिक र स्थानिय पक्षहरुलाई जोड दिने भएकाले पनि रेडियो समुदायमा बढि लक्षित रहेको रेडियोका अध्यक्ष जलेश्वर पाण्डेले बताउनुभयो । फोहोर व्यवस्थापन, सरसफाई, वृक्षरोपण, हरियाली व्यवस्थापन, विषादिलाई निरुत्साहित गरि व्यावसायिक जैविक कृषिका माध्यमबाट पर्यावरण तथा वातावरण जोगाई आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषयमा रेडियोले विविध रेडियो कार्यक्रम तथा तालिम प्रदान गर्दै आएको रेडियोका स्टेशन म्यानेजर कमल खनालले बताउनुभयो । रेडियोको लक्ष्य प्राप्तिका लागि स्थानियस्तरसँगै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट समेत सहयोग पाउदै आएको छ ।

रेडियो कर्णाली दशौं वर्षमा

ग्रामिण सामुदायिक रेडियो कर्णाली एफएम आजदेखि नौ वर्ष पुरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । कर्णालीको विकासमा लागि सञ्चार माध्यमको भूमिकालाई मध्येनजर गर्दै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाकले २०६१ साल असार ३ गते रेडियोको स्थापना गरेको हो । रेडियो कर्णालीले यस वर्षलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने भएको छ । नवौं वार्षिकोत्सवको अवसरमा रेडियोले आउँदो असारसम्मलाई सुशासन, पारदर्शिता र जवाफदेहिता वर्षको रुपमा मनाउने निर्णय गरेको हो ।

आज एक कार्यक्रमका बीच यसको औपचारिक घोषणा गरिने स्टेशन म्यानेजर गोरख बहादुर थापाले जानकारी दिनुभयो । सुशासनलाई प्रवद्र्धन गर्न तथा सार्वजनिक निकायलाई पारदर्शि, नागरिकप्रति जवाफदेहि र उत्तरदायि बनाउन पहल गर्ने उद्देश्यले वर्ष मनाउन लागिएको उहाँको भनाइ छ । सरकारले आगामी मंसिर ४ गतेका लागि मिति घोषणा गरिसकेको संविधानसभा निर्वाचनका लागि पनि सघाउने रेडियोले निर्णय गरेको छ । नवौ वार्षिक उत्सवको अवसरमा रेडियोले एक वर्षका लागि “सुशासन पारदर्शिता र जवाफदेहिता, रेडियो कर्णालीको अभियान, लोकतन्त्र र मानवअधिकार सुनिश्चितताका लागि संविधानसभा निर्वाचन” भन्ने नारा तय गरेको छ ।