
यो पटकको बाघ दिवस साउन १४ गतेका दिन चितवन, काठमाडौँ र बर्दियामा विशेष
कार्यक्रम भए । गएको माघदेखि जेठसम्म भएको बाघ गणनाको नतिजा सो कार्यक्रममा
सार्वजनिक गरियो । तराई क्षेत्रको रौतहटदेखि कञ्चनपुरसम्मका राष्ट्रिय
निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, जैविक मार्ग, सामुदायिक वन र राष्ट्रिय
वन क्षेत्रहरुमा भएको गणनाले कतै बाघको संख्यामा केही सुधार भएको, कतै केही
घटेको, कतै ह्वात्तै बढेको देखायो । समग्रमा देशभर बाघको संख्या बढेको
पाइयो । चार वर्षअघि...